म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संजाल ” मोना ” को अमेरिका शाखा

इनेप्लिज २०८० असार ११ गते १०:५० मा प्रकाशित

ईनेप्लीज
२६ जुन २०२३

वाशिंगटन डिसी – संसारका अत्ठाईस राष्ट्रमा च्याप्टरहरु भएको म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संजाल ” मोना ” को अमेरिका च्याप्टरको दोश्रो बार्षिक अधिबेशन बाल्टिमोरमा भब्यताकासाथ सम्पन्न भएको छ।

” मोना यु०एस०ए० ” को दोश्रो बार्षिक अधिबेशनले म्याग्दीबासी बरिस्ठ साहित्यकार होमनाथ सुबेदीलाई सम्मान गर्दै – रघु सुबेदी अध्यक्ष रहेको कार्यसमितीलाई बिघटन गरेर नयाँ कार्यसमिती गठन गरेको छ।

अधिबेशनमा निर्बाचन अधिकृत श्रीलाल पौडेलबाट घोषणा गरिएको ” मोना यु०एस०ए० ” को नयाँ कार्यसमिती यसप्रकार रहेको छ :

१) अध्यक्ष – सुभाष भण्डारी ( मुना फल्लियागाउँ ) ,
२) बरिस्ठ उपाध्यक्ष – राजेन्द्र के० सी० ( बेनी नगरपालिका ओडा न. ५ ) ,
३) उपाध्यक्ष – बिराट श्रेष्ठ ( बेनी बजार ) ,
४) उपाध्यक्ष – तारा गौचन ( लम्सुङ्ग ) ,
५) उपाध्यक्ष – संजिब बानिया ( बेनी बजार ) ,
६) महा-सचिब – राहुल के० सी० ( ताकम ) ,
७) सचिब – बिरेन्द्र कुमार चन्द ( राखु ) ,
८) कोषाध्यक्ष – सिता पुन ( चिमखोला ) ,
९) महिला संयोजक – कला के० सी० ( मराङ्गखोला ) ,
१०) सदस्य – केश पुन ( मुना ) ,
११) सदस्य – टिका रिजाल ( ज्यामरुककोट ) ,
१२) सदस्य – सुदिप के० सी० ( सिङ्गा ) ,
१३) सदस्य – ऒम प्रकाश के० सी० ( सिङ्गा – सुर्केमेला )

” मोना ” को अन्तरास्ट्रिय समन्वोय परिषद ( आई० सि० सि० ) अध्यक्ष अमर छन्त्यालको प्रमुख आतिथ्यमा भएको उक्त अधिबेशन अध्यक्ष रघु सुबेदीको सभापतित्वोमा सम्पन्न भएको थियो। चर्चित कलाकार राहुल के० सी० को उद्घोषण र म्याग्देली चेलीहरुको सांगीतिक नृत्यहरु सहितको रम् झम् को अन्त्यमा म्याग्दीको गित ” बेनीको बजार …जता माया …. उतै छ नजर … ” गाउँदै …. नाच्दै रमाईलो गर्दै अधिबेशन सम्पन्न भएको थियो।

प्रतिक्रिया