रंगेली नगरपालिकाको बजेट रु ७३ करोड २८ लाख ४३ हजार

इनेप्लिज २०८० असार १० गते २२:३३ मा प्रकाशित

विराटनगर,१० असार । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु ७३ करोड २८ लाख ४३ हजारको बजेट आज यहाँ सार्वजनिक गरेको छ ।

नगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले वार्षिक बजेट प्रस्तुत गर्नु भएकी छिन् ।

उपप्रमुख पराजुलीले चालु तर्फ रु ४९ करोड ९६ लाख २६ हजार तीन सय सय २० र पूँजीगततर्फ रु २३ करोड ३२ लाख १६ हजार छ सय ८० विनियोजन गरिएको छ ।

नेपाल सरकार समानिकरणमा रु १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत रु ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा रु ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार बजेट विनियोजन भएको छ ।

त्यसैगरी आन्तरिक राजश्वमा रु दुई करोड ७५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

त्यस्तै मालपोत तर्फ (स्थानीय राजश्व बाँडफाँड) रु ४ करोड, नेपाल सरकार शसर्त अनुदानमा रु ३१ करोड तीन लाख, नेपाल सरकार समपुरक अनुदानमा रु दुई करोड २५ लाख, नेपाल सरकार विषेश अनुदान रु ७२ लाख र प्रदेश सरकार शसर्त अनुदानमा रु चार करोड ४३ लाख २४ हजार बजेट विनियोजन भएको नगर प्रमुख एवम् नगरसभा अध्यक्ष दिलिप अग्रवालले जानकारी दिनु भयो ।

क्षेत्रगत रुपमा आर्थिक विकासमा रु तीन करोड ६७ लाख, सामाजिक विकासतर्फ रु २७ करोड ५० लाख २१ हजार सात सय ४८, पूर्वाधार विकासमा रु २० करोड ३९ लाख ३५ हजार ९ सय ३२, सुशासन तथा अन्तरसम्वन्धीत क्षेत्रतर्फ रु ६३ लाख २८ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु २१ करोड सात लाख ८३ हजार तीन सय २० विनियोजन भएको छ ।

नगरसभामा प्रस्तुत बजेट आज सर्वसम्मतले पारित भएको छ ।

प्रतिक्रिया