विराटनगर भन्सार एजेन्ट सङ्घको अध्यक्षमा शर्मा पुनः निर्वाचित

इनेप्लिज २०८० असार १० गते २२:१४ मा प्रकाशित

विराटनगर,१० असार । विराटनगर भन्सार एजेन्ट सङ्घको अध्यक्षमा देवकीनन्दन शर्मा विजयी हुनु भएको छ।

विराटनगरमा सम्पन्न ११ औँ वार्षिक सभा तथा पाँचौ अधिवेशनमा शर्माले आफ्ना प्रतिस्पर्धी हरि ठाकुरलाई ३० मतले पराजित गरी पुनः अध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ।

निर्वाचनमा शर्माले ३८ मत ल्याउनु भएको थियो भने ठाकुरले आठ मत प्राप्त गर्नु भएको थियो ।

सङ्घको बरिष्ठ उपाध्यक्षमा विवेक यादव, उपाध्यक्ष दिक्षा पौडेल, सचिव अनिश खनाल, सह–सचिवमा मम्ताज राइन, कोषाध्यक्षमा सुनिल लाभ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा तारा पुलामी, दिपक चौधरी र केशव गिरी निर्वाचित भएका छन् ।

सङ्घका निर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ वर्षको रहने व्यवस्था छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा भन्सार एजेन्ट महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष भरत घिमिरे, निवर्तमान अध्यक्ष शान्तिकुमार शर्मा, प्रथम उपाध्यक्ष काशिराज उपाध्याय, तृतिय उपाध्यक्ष चेतनाथ पौडेल, केन्द्रिय सदस्य प्रविण जोशी सहभागी हुनुहुन्थ्यो । सङ्घमा ६३ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया