कनेक्टिकटमा हुने नेपाल उत्सवमा मंगोलियन हर्टका राजु लामाको प्रस्तुतिको साथमा सुरज सिंह ठकुरीले कार्यक्रम प्रस्तुति गर्ने

इनेप्लिज २०८० असार १० गते १५:३६ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड शहरमा नेपाल उत्सव २०२३ हुने भएको छ । उक्त कार्यक्रममा मंगोलियन हर्टका नेपालका चर्चित गायक राजु लामाको प्रस्तुति हुने भएको छ । साथै बाल्टिमोरमा बस्दै आएका एञ्जेल्स ब्यान्ड ( संगीत मण्डली),द अनप्लान ब्यान्ड, न्यूहाम्पसायर लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति हुनेछ ।

उत्सव आगामी जुलाई १५ शनिबारका दिन ब्रानफोर्ड कनेक्टिकटको ब्रानफोर्ड ग्रीनमा हुने आयोजकले ईनेप्लिजलाई बताए । ब्रानफोर्ड कमुनिटी सेन्टरबाटै परेड (जुलुस) सुरुवात गरिने र उत्सव बिहान ९:३० देखि राती ८:३० बजे सम्म चल्ने छ । उक्त उत्सवको आयोजना सोसाइटी अफ नेपालिज इन अमेरिकाले गर्नेछ ।

नेपाल अमेरिका कुटनैतिक सम्बन्धको ७६ औ बर्षको बर्षगाँठमा यो फेस्टिवल(उत्सव)मनाउन लागिएको हो । उक्त फेस्टिबल(उत्सव)नेपालका चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरीले गर्ने भएको आयोजकका तर्फबाट ज्ञानु श्रेष्ठले ईनेप्लिजलाई बताए ।

साथै सह आयोजकहरुमा कन्सुलेट जेनेरल अफ नेपाल ,न्यूयोर्क , ब्रानफोर्ड कम्युनिटि फाउनडेसन ,हामी नेपाली ग्लोबल ,नेपलिज एसोसिएसन् अफ कनेक्टिकट ,वेष्ट हार्ट्फोर्ड लुम्बिनी लायन्स क्लब, हार्डफोर्ट काउन्टी एभरेष्ट सेन्टेन्निअल लायन्स क्लब ,रिवेल ईभेन्ट्स इन्क, न्यूयोर्कहरु रहेका छन् ।

उक्त उत्सवका आकर्षणहरु साँस्कृतिक जुलुस(परेड),नेपालको पर्यटक सम्बन्धि बहस मन्च कार्यकम ,थुप्रै नेपाली खानाका परिकार ,बालबालिकाका विभिन्न क्रियाकलाप तथा प्रत्यक्ष सांगीतिक कार्यालय लगायत कार्यक्रमको आयोजना हुनेछ ।

प्रतिक्रिया