नेपाल यातायात मजदुर संगठनको ४४ औ स्थापना दिवस मनाइयो

वीरेन्द्र रावल २०८० असार ९ गते २३:१५ मा प्रकाशित

धनगढी, असार ९÷ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४४ औ स्थापना दिवस बिबिध कार्यक्रमका साथ मनाइएको छ ।

संगठनको आयोजनामा सनिवार धनगढीमा रचनात्मक कार्यक्रम सहित स्थापना दिवस सम्पन्न भएको कुरा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदुर पश्चिम् प्रदेस अध्यक्ष ललित चन्दले जानकारी दिएका छन । सो अवसरमा निसुल्क स्वास्थ सिबिर र रक्तदान कार्यक्रम सप्पन्न गरिएको छ ।

धनगढी बस पार्कमा सम्पन्न भएको स्थापना दिवसको अवसरमा स्वस्तिक अस्पताल धनगढीका अध्यक्ष महेस जोसि र यातायात संगठनका बिच निसुल्क स्वास्थ सिबिर संचालन गर्ने बारे गरिएको सम्झौता अनुसार स्वास्थ सिबिर गरिएको थियो ।

बस इकाइ कमिटीका अध्यक्ष संकर ओलिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेस अध्यक्ष ललित चन्दले र संचालन सचीव रामसिङ महराले गरेका थिए । भने कार्यक्रमको प्रमुख अतिथि जिफन्टका सुदुरपस्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल रहेका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया