विश्वकप छनोटमा नेदरल्याण्ड्सविरुद्ध भिडदै नेपाल, जित्नैपर्ने दबाबमा

इनेप्लिज २०८० असार ९ गते ३:०२ मा प्रकाशित

काठमाडौ, जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ ।

नेपाल र जिम्बाब्वेबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा दिउँसो १२ः४५ देखि सुरु हुनेछ ।

सुपरसिक्समा स्थान बनाउन समूह ‘ए’ मा रहेको नेपालले आजको खेल जित्नैपर्ने छ । पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।

तेस्रो खेलमा नेपालले दुईपटकको ओडिआई विश्वकप विजेता वेस्ट इन्डिजसँग १०१ रनको हार बेहोरेको थियो ।

शनिबार नेदरल्यान्ड्सलाई हराएर मात्र नेपालको सुपर सिक्स यात्रा सुरक्षित हुने छैन । नेपालले सुपरसिक्समा स्थान बनाउन अन्तिम खेलमा वेस्ट इण्डिजले नेदरल्याण्ड्सलाई पनि हराउनुपर्ने समीकरण बनेको छ ।

समूह ‘ए’ बाटमा वेस्ट इण्डिज र जिम्बाब्वेले भने लगातार दुई जीत निकाल्दै सुपरसिक्सको यात्रा लगभग पक्का गरिसकेका छन् ।

लगातार तीन खेलमा पराजित भएको अमेरिका भने समूह चरणबाटै बाहिरिसकेको छ ।

नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो ।

पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो ।

पाँचरपाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीनरतीन टिम पुग्नेछन् ।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन् । सुपर सिक्सको शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपालको टोली :  कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी,प्रतिश जि.सी र अर्जुन साउद ।

प्रतिक्रिया