एमाले सुदूरपश्चिमले इन्चार्ज लेखराजभट्टको बिदाई,नयाँ ईन्चार्ज विश्वकर्मालाई स्वागत गर्यो ,एमाले सुदुरको अधिवेशन आगामी भदौ २२ र २३ मा हुने

इनेप्लिज २०८० असार ८ गते २१:२४ मा प्रकाशित

बीरेन्द्र रावल

धनगढी, असार ८÷नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पूर्ण बैठक शुक्रबार धनगढीमा बस्यो ।

बैठकले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाइए मजबुत बनाउने र साँगठनिक कार्यलाई बिधिवत रुपले अगाडी बढाउने सन्दर्भभमा व्यापक छलफल गर्नुका साथ साथै आगामी कार्य योजनामा पनि अगाडी सारेको कुरा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिएका छन् ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन पछि हुन नसकेको प्रदेश अधिवेशनलाई सम्पन्न गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, प्रदेश संसदीय दलको बैठक विधान अध्यावधीक गर्ने, जनसंगठनका प्रदेश स्तरीय कार्यशाला गर्ने ,असार १४ गतेलाई मदन जयन्ती बनाउने लगायतका विविध महत्वपूर्ण निर्णयहरु भएको कुरा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष भण्डारीले बताएका छन् ।

बैठकले नेकपा एमालेकोे सुदूरपश्चिम प्रदेशको अधिवेशन अगामी भदौँ २२ र २३ गते गर्ने निर्णय गरेको कुरा एमाले सुदूर पश्चिम प्रदेश कमिटिका सचिव धर्मराज पाठकले जानकारी दिए । बैठकले २०८० लाई अधिवेशन वर्षका रुपमा मनाउने निर्णय समेत गरेको छ ।

मंसिर मसान्तभित्र जिल्ला अधिवेशन, माघ मसान्तसम्म पालिका अधिवेशन र चैत मसान्तसम्म वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटिलाई निर्देशन दिने निर्णय समेत भएको प्रदेश सचिव पाठकले बताए ।

बैठकमा प्रस्तुत भएको वार्षिक वर्षिक कार्य योजनाअनुसार सदस्यता नवीकरणलाई अन्तिम रुप दिने तथा प्रचारप्रसारको कामलाई तीव्रता दिदै पार्टीको वैचारिक स्कुल चलाउने निर्णय समेत गरिएको छ ।

शुक्रबारको बैठकमा पार्टी केन्द्रले गरेको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशका इन्चार्ज तोकिएका केन्द्रीय सचिव छविलाल विश्वकर्मालाई स्वागत गरेको छ भने कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी तत्कालिन सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्टको बिदाई पनि गरेको छ । बैठकमा हालै मनोनित सुदूरपश्चिम प्रदेशका सदस्यहरुलाई प्रमूख अतिथी लेखराज भटट्ले सपथ गराउनु भएको थियो ।

एमाले सुदूरुपश्चिम प्रदेश कसमटीले आयोजना गरेको बैठकमा एमाले पोलिटव्यूरो सदस्य कर्ण बहादुर थापा, पोलिटव्यूरो सदस्य राजेन्द्रसिंह रावल, निरु देवी पाल,गणेश ठगुन्ना,नारदमुनी रानाल लागयत केन्द्रिय सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

बैठकका प्रमूख अतिथी समेत रहेका एमालेका केन्द्रिय सचिव एवं सुदुरपश्चिम प्रदेश कमिटीका ईन्चार्ज छविलाल विश्वकर्मार्ले एमालेलाइ समयको माग अनुसार अनुशासित,गतिसशिल र उर्जावान संगठका रुपमा स्थापित गर्दै लैजानु पर्नेमा सबै नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन् ।

सुदूरपीश्चम प्रदेश कमिटीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन एमाले सुदूरपश्चिम प्रदेश कसमटीका सचिव धर्मराज पाठकले गरेका थिए ।

प्रतिक्रिया