कुशल एवं बौद्धिक व्यक्तित्व डा. तुलसीराम जोशीका महत्वपूर्ण सामाजिक योगदानहरु

इनेप्लिज २०८० असार ६ गते २२:०९ मा प्रकाशित

खगेन्द्र अधिकारी, ग्रेटर वासिंटन, डि.सी.। विश्वमै सुन्दर शान्त मानिएको भूपरिवेष्ठित देश नेपालको सुदूर पश्चिममा पर्ने पहाड़ी क्षेत्र बझांग जिल्लामा जन्मनु भएका विद्वान् एवं शिक्षाविद वरिष्ठ समाजसेवी प्राध्यापक डा. तुलसीराम जोशी कुशल, सर्वव्यापी, सर्वोच्च, विशिष्ट र परोपकारी सामाजिक सेवाको सन्दर्भमा एक असाधारण साथै उदाहरणिय साथै सर्वश्रेष्ठ नाम हो।

धेरै बर्ष अर्थात् अत्यंत लामो समय देखि उहाँ संयुक्त राज्य अमेरिकाको West Virginia राज्यमा एक सुन्दर र व्यवस्थित परिवारका साथमा बसोबास गर्नु हुन्छ। आफ्नो दैनिक संघर्षशील जीवनमा प्रोफ़ेसर डा.जोसीले संयुक्त राज्य अमेरिकाको Fairmont State University (बिश्वविद्यालय) मा धेरै बर्ष शिक्षण (अध्यापन)पेशामा रहेर सेवा प्रदान गर्दै हाल केहि वर्ष अगाड़ी सेवा बाट निवृत्त हुनु भएको छ।

दयालु स्वभावका उहाँ अर्थात् प्रोफ़ेसर डा. जोसी सामाजिक क्षेत्रमा आबद्ध भएर पनि धेरै नै मूल्यवान समाजसेवीका रुपमा उदाहरणिय र अविस्मरणीय कार्यहरु सम्पन्न गरि सक्नु भएको बिषय मातृभूमि र प्रवासमा वाहाँले सम्पन्न गरेका थुप्रै यत्र-तत्रका बिभिन्न सम्पादित कार्यहरु बाट स्पष्ट रुपमा निश्चित गर्दै विस्वास सहित सहजै अनुभूति गर्न सकिन्छ।

गरीव, असाहाय र सीमान्तकृत बर्गका बालवालिकाहरुलाई सुलभ तवर बाट माध्यमिक तह सम्मको सहज र सुलभ शिक्षा दिलाउनका लागि भनेर करोडौं रुपियाको धनराशि दान (सहयोग) गर्दै मातृभूमि नेपालको धनगडी, कैलालीमा आफ्नै नाम अर्थात् तुलसी राम जोशीका नाम बाट श्री राष्ट्रिय तुलसीराम माध्यमिक बिध्यालयको स्थापना गरेर सामाजीकरणको जिवन्त अनि सर्वश्रेष्ठ सेवा प्रदान गर्दै बिपन्न बर्गका मानिसहरुमा उदाहरणिय सेवा स्थापित गर्नु भएर प्रसिद्धि सिद्द गर्नु भएको सन्दर्भ हामी बिच दर्पण छायाँ जत्तिकै छर्लंग र स्पष्ट छ।

संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा लामोसमय प्राध्यापकको रूपमा सेवा गर्नु भएका प्रोफ़ेसर डा. जोशीमा अहिले पनि मातृभूमि नेपालको लागि हामिले केही गर्नु पर्छ भन्ने भावनामा हाल सम्म पनि यथावत नै रहि रहनु भएको महसूस गरिएको छ। उमेरले पाको अर्थात् वयोवृद्ध हुनु भएका प्राध्यापक डा. जोशीले नेपालको धनगडीका अलावा बझांगका धेरै नै स्थानीय विद्यालयहरुमा आर्थिक सहयोग प्रदान गर्दै बिपन्न र गरीब विद्यार्थिहरुलाई सहयोगी बनेर आर्थिक रुपमा मद्दत गर्नु भएको छ एकातिर भने अर्कातिर परिबारका धेरै आफन्त र बिभिन्न सहयोगी सदस्यहरूलाई पनि ती विद्यालयहरुमा मनोबल बढ़ाएर मद्दतको लागि सहयात्री बन्न जोड-बल प्रदान गर्नु भएको छ भन्ने बुझिएको छ।

आफ्नो मातृभूमिका लागि केही सेवा गर्न चाहने हो, मन एवं धन सबै हुने हो भने नेपालमा नै रहनु पर्छ भन्ने जरूरी छदैं छैन भन्ने एक ज्वलंत उदाहरणका रुपमा उहाँलाई लिन सकिन्छ।

मैले आज सम्म थाहाँ पाए अनुसार, प्राध्यापक डा. तुलसीराम जोशीले प्रबाशमा बसेर मातृभूमि नेपाल र नेपाली अमेरिकी समुदायका लागि जति आर्थिक सहायता र मद्दतका कार्यहरु गर्नु भएको छ त्यति मद्दतका कार्यहरु, प्रवास र नेपालमा रहेका उहाँकै हैसियत बराबरमा रहेका अन्य अन्यहरुले सम्पन्न गरेका बृहत्तर कार्यहरुका समाचारहरु त्यति प्रकाशनमा आएको देख्न सकेको छुईन।यस कारण पनि अग्रज व्यक्तित्व प्राध्यापक डा. तुलसीराम जोशी ज्यूलाई अन्य प्रबाशमा बसोबास गर्ने नेपालीहरुले धेरै नै नजिकको प्रेरणाको स्रोतका लागि उदाहरणमा लिदै उहाँ प्रति सम्मान अनि गौरव गर्दा सकारात्मक हुनेछ भन्दा अत्युक्ति नहोला।

उहाँले सामाजिक क्षेत्रमा बिभिन्न समुदायको लागि जति सहयोग गर्नु भएको छ , त्यति नै सहयोग आँफु जन्मेको नेपालको सुदूर पश्चिमको बिकट मानिने पहाड़ी क्षेत्र बझांग जिल्लामा पनि सहयोगी बनेर आर्थिक सहयोग गर्नुभएका प्रमाणित दृष्टान्तहरु हामी बिच रहेको परिदृश्य छर्लंग नै छन्। प्राध्यापक डा. जोशी आँफु नितान्त सकारात्मक सोचमा बिस्वास गर्ने र सोही मुताबिक़ चल्ने कुशल विद्वान व्यक्तित्व भएका कारण अरुहरुलाई पनि सोहि बमोजिम सबैले मातृभूमिलाई सहयोग गर्न पर्छ भन्दै सम्पूर्ण देशी विदेशी नेपालीहरु लगायतमा लगातार आह्वान पनि गर्नु हुन्छ।

आफ्नो संस्कृति, संस्कार, धर्म, मातृभूमि, मातृभाषा भुल्यो भने आफ्नो पहिचान गुमाईन्छ भन्ने प्रोफ़ेसर डा.जोशी राम्रो काम गर्नेलाई सके साथ देउ नसके हौसला भने पनि बढ़ाउ भनेर सबैलाई आग्रह गर्दै आफ्नो निजी स्वार्थ पूर्तिका लागि झुठो कुरा गरेर र असहज स्थितिको सृजना गरेर कसैलाई पनि अपहेलना नगर भन्ने संदेश प्रवाह गर्नु हुन्छ।

कसैले कसैको पनि हुर्मत नलिनु र आफ्नो सुसंस्कारलाई समाजमा व्यवस्थित रुपले परिचित गराउदै असली कुराहरुलाई समाजमा हातेमालो गर्न सदैव तत्पर रहनुमा नै समाजसेवीको परिचय स्थापित हुन्छ भन्नेमा प्राध्यापक डा.जोशी बिस्वास गर्नु हुन्छ। हाल संयुक्त राज्य अमेरिकामा स्थाई बसोबास गर्दै आउनु भएका प्रोफ़ेसर डा. तुलसीराम जोशी भूगोल विद् का अतिरिक्त नेपालको सुदूरपश्चिम क्षेत्र बाट पहिलो पटक पि.एच.डी. ( विद्याबारिधी) को अध्ययन पुरा गर्ने प्रथम नेपाली व्यक्तित्व पनि हुनुहुन्छ।

अमेरिकाको West Virginia राज्यमा अवस्थित Fairmont State University मा Association of Nepalis in the Americas (ANA) समेतको श्रृंखला बद्द नाममा ANA-Tulasi & Marilyn Joshi Scholarship मुल नाम बाट अन्तराष्ट्रिय छात्रवृत्ति कार्यक्रम संचालन गरेर १०० भन्दा बढी संख्यामा नेपाली र विदेशी मुलुकका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउदै आवास साथै आर्थिक सहयोग मार्फ़त योगदान पुर्याउनु भएको छ।

यस प्रकारका डा. जोशीका बिबिध परोपकारी योगदानका कारण केही नेपालीका साथै केही विदेशी मुलुकका विद्यार्थीहरुले डक्टरल डिग्रीको शिक्षा हासिल गरे पश्चात अनुसन्धान र विकासका विभिन्न क्षेत्रका अलावा अमेरिकाको नासा एवं ब्रिस्टोल मायर्सजस्ता प्रतिष्ठित कम्पनीहरुमा कार्यरत रहेका छन्। उनीहरुमध्ये केही अन्तरिक्षको अनुसन्धानमा छन् भने कतिपयहरु त मुटु रोग तथा क्यान्सर रोगको औषधि पत्ता लगाउने अनुसन्धानमा सफलता हासिल गरिरहेका छन्।
प्रोफ़ेसर डा. तुलसीराम जोशीले क़रीब ४३ बर्षसम्म संयुक्त राज्य अमेरिकाको वेष्ट भर्जिनियास्थित फेयरमण्ट विश्वविद्यालयमा अध्यापन सेवा गर्नु भएको थियो। उहाँले संयुक्त राज्य अमेरिकामा मात्र होइन मातृभूमि नेपालमा समेत शिक्षाको विकासका लागि अतुलनीय योगदान गर्नु भएको कुरा सर्वविदितै छ।

इतिहासको सुनौलो पानामा अमेरिकी प्रवासी नेपाली समुदायको नाम चम्किला अक्षरमा लेखिने गरी शिक्षाको क्षेत्रमा सबैको पहुँच र सुबिधा पुर्याउने हेतुमा प्रोत्साहित हुँने उच्चकोटिको सामाजिक अभियान सञ्चालन गरेर समाजसेवामा समर्पित महान बौद्धिक प्रतिष्ठित व्यक्तित्व प्रोफ़ेसर डा. तुलसीराम जोशीले उत्तर अमेरिकी नेपालीहरुको सबै भन्दा ठूलो र पुरानो राष्ट्रिय सामाजिक संस्था Association of Nepalis in the Americas (ANA) संगको संयुक्त सहकार्यमा Bajhang foundation भन्ने सामाजिक सेवाको भावना र उद्देश्य लिएको स्वयंसेवी संस्थाको माध्यम बाट नेपालको दूर्गम पहाड़ी जिल्ला बझांग जिल्लामा धेरै भन्दा धेरै गरीब तथा जेहन्दार विद्यार्थिहरुलाई निःशुल्क उच्च शिक्षा हाँसिल गर्नको लागि आंशिक रुपमा भए पनि नेपालमा सर्व प्रथम छात्रवृत्ति प्रदान गरेर समेत धेरै बर्ष देखि आर्थिक सहयोग गरि रहनु भएको छ। यसरी मानवीय सामाजिक सेवा मार्फत प्रोफ़ेसर डा. तुलसीराम जोशीले नेपालको दुर्गम पहाड़ी स्थान बझांग जिल्लामा शिक्षाको क्षेत्रमा पुर्याएको बिशिष्ट योगदान पनि हामी माँझ अविस्मरणीय रुपमा रहेको छ र अविस्मरणीय रहने नै छ।

मानवीय सामाजिक सेवाको लागि समाजमा शिक्षाको उज्यालोमा ज्योति फैलाउन उत्कृष्ट साथै अतुलनीय र सर्वश्रेष्ठ योगदान पुर्‍याए बापत वरिष्ठ समाजसेवी प्रोफ़ेसर डा. जोशीलाई नेपालका सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेबी भण्डारीले एक बिशेष समारोहमा नेपालको धनगडीमा बिशेष महत्वपूर्ण प्रोहोत्साहन स्वरूप पुरस्कृत गर्दै सम्मानित गर्नु भएको थियो। यसका अतिरिक्त उत्तर अमेरिकी नेपालीहरुको प्रथम राष्ट्रिय संस्था Association of Nepalis in the Americas (ANA) बाट पटक पटक सम्मानित र पुरस्कृत, सन् २०२१ को ‘आउटस्ट्याण्डिङ फिलान्थ्रोफिस्ट अवार्ड, अमेरिकाको West Virginia राज्यका गभर्नरहरुबाट बेला बेलामा विभिन्न अवार्डहरु, नेपालका श्री ५ महाराज धिराज अर्थात् राजा बाट बिशिष्ट पदक, वेष्ट भर्जिनियाको शिक्षा विभागबाट प्रतिष्ठित मानिएको साइरस भेन्स अवार्ड र अमेरिकन एसोसिएसन अफ जोग्राफर्स आदि आदि बाट समेत सम्मानित हुनु भएको बरिष्ट एवं बिशिष्ट सामाजिक व्यक्तित्व हुनुहुन्छ।

यसका अलावा अन्य बिभिन्न प्रतिष्ठित निकायहरु बाट प्रतिष्ठावान बिबिध किसिमका “अवार्डस” प्रदान गर्दै सम्मानित हुनुभएर नेपाल र अमेरिकी नेपाली समुदायका मानिसहरुलाई गौरवान्वित तुल्याइदिनुभएको छ।

यसरी नेपाल र नेपालीको शुनाम हामी सामु गर्वका साथ परिचित गराईदिनु भएकोमा प्रोफ़ेसर डा. तुलसीराम जोशी प्रति खुसि हुँदै उहाँलाई सबैले कृतज्ञता र बधाई ज्ञापनका अतिरिक्त मुक्तकंठले उहाँको निःस्वार्थता पूर्वकको मुल्यवान सामाजिक सेवाको प्रसंसाले पुरस्कृत गर्न आवश्यक हुनेछ भन्नेमा बिस्वास गर्नु सान्दर्भिक मानिने छ।

यदि नियत शुभ छ भने परिणाम पनि शुभ नै हुनेछ, यो ध्रुव सत्य बचन हो, अर्थात् सत्य तितो हुन्छ तर मर्दैन यसलाई तथ्यगत बिस्वास मानिन्छ।धनको भन्दा मनको धनि नै नैतिक हुनेछ भन्ने सोचमा उदाहरण बनेर परोपकारी सामाजिक सेवाको क्षेत्रमा आबद्ध हुन कहिले पनि नथाक्ने भनेर चिनिने डा.जोशी हामी र हाम्रो समाजका लागि महान परोपकारी समाजसेवी व्यक्ति मानिनु हुन्छ।

अत: भविष्यमा प्रोफ़ेसर डा. जोशीको उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्दा अत्युक्ति नहोला।
निस्चित रुपमा र निस्संदेह सत्य यहि नै हो, बस्तु, घटना अनि समय अस्थायी हुन्छन्, यसर्थ, देख्ने, बोल्ने र गर्ने क्रियालाई समभावमा राख्नु पर्दछ।अर्थात, सन्तुलित र सकारात्मक विचारले मात्र मानिसको जीवनलाई सार्थक बनाउँन सक्दछ। यसलाई मध्यवर्ती सत्य निर्धारित गर्दाका उदाहरणार्थका रुपमा हामी प्रोफ़ेसर डा. जोशीका उपलब्धिमुलक र उपयोगीमुलक परिदृश्यका प्रतिबद्ध र प्रतिस्थापन भए गरेका योगदानहरुलाई सम्झना राख्न उत्सुक बन्नु सान्दर्भिक हुनेछ।

अन्तर्राष्ट्रिय भाषा, अंग्रेज़ीमा एक वस्तु निश्चित कहावत छ भनिन्छ नी, People respect us only for two reasons: “Either we have power or our behavior is helpful.” First one is temporari but second one is permanent.

जीवनमा धेरै घुम्तिहरु पार गर्नु भएका उपरोक्त बिचारहरुका सम्बन्धमा डा. जोशी जानिफकार हुनुहुन्छ, यसलाई ख़्याल गरेर उहाँ अर्थात् प्राध्यापक डा. जोशी दोस्रो सोचमा लगातार लागिपरेर आँफुलाई समाजको लागि थप सेवा गर्ने उर्जावान पथलाई निस्चित गर्नु भयो होला भन्नेमा बिस्वास गर्न सकिन्छ।

यो ज़िन्दगी रहे सम्म सामाजिक सेवा मैं रहुँला, मेरो ज़िन्दगी रहे सम्म यहि समाजमा नै रमाउला, अजम्बरी रहोस् यो समाज, दुनिया सधैं निःस्वार्थ रहोस् भनेर सधैं सकारात्मक र उर्जावान हुने प्रोफ़ेसर डा. जोशी “समाज सेवामा निरंतरता र समावेशीता” लाई आफ्नो मूल, मानवीय र प्राकृतिक न्यायको सिद्धांत बमोजिम सबैले अगाड़ी बढ्नको लागि उपलब्धिमुलक हुनेछ भन्ने ठान्नु हुन्छ।प्राध्यापक डा. जोशी जहिले पनि यो समाज हाम्रो हो र हामी यही समाजका हौं भन्ने भावना बाट प्रेरित भैं सजकता साथ यसको संरक्षण, सर्वोत्तम हित र समुन्नतिका लागि सबैले आ-आफ्ना क्षेत्र बाट सार्वजनिक रुपमै सामाजिक सेवाको लागि हार्दिकता देखाउन जरुरी हुनेछ भनेर सकारात्मक दृष्टिकोण बाट संखनाद गर्नु हुन्छ।

यस प्रकारका सोचमा हामीले पनि प्रेरित भएर यसलाई हृदयंगम गर्नु र दत्त चित्त हुन जरुरी महसुस गर्न आवश्यक हुनेछ भन्नेमा बिस्वास गर्न उचित हुन्छ भन्ने बिस्वास लागेको छ।

एवं प्रकारकार बाट सुझ-बुझ राख्दा उपरोक्त महत्वपूर्ण बिचारहरुका आधारभूत मान्यताका आधारमा हामीले ईमानदार भएर भन्नु पर्दा “समाज सेवाको मर्मस्पर्शी भावनाका उदाहरण” हुनुहुन्छ, प्रोफ़ेसर डा. तुलसीराम जोशी।
अमेरिकी नेपाली समाजमा उहॉं र उहॉंको परिवार समाजको रुपान्तरण र समाजका समस्यामा परेका मानिसहरुलाई आँफुले भ्याउने र सक्ने आर्थिक लगायतका बिभिन्न सहयोगहरु उपलब्ध गराउन निजी काम थाति राखेर भए पनि अगाडी बढ्नु उहाँ लगायत पुरै परिवारकै निःस्वार्थ जीवनको प्राकृतिक मान्यता नै हो।

बरिष्ट समाजसेबि प्रोफ़ेसर डा. जोशीको परिवार नेपाल, अमेरिका र अन्य देशमाहरुमा पनि बसेवास गर्नु हुन्छ।

आफ्नै व्यक्तिगत तर्फ बाट लाखौं अमेरिकी डलर भन्दा बढ़ी अर्थात् नेपाली रुपैया करोडौं धनराशि समाजका बिभिन्न आवस्यकिय क्षेत्रमा Donation (सहयोग) गरेर प्रोफ़ेसर डा. जोशीले सार्वजनिक सामाजिक सेवाका बिबिध पक्ष र सन्दर्भमा गर्नु भएका समग्र स्वदेशी एवं प्रवासी जीवनकालका ति संबेदनशिल सहयोगका क्षणहरु हामी र पुरै सिंगो समाजको लागि सधैं नै सम्झना योग्य, पथ प्रदर्शक साथै मार्गदर्शक र अबिस्मरणिय हुनेछन् भन्नेमा हामीले बिस्वास गर्न र यसलाई ख़्याल गर्न निकै नै नैतिक ज़िम्मेदारी हुनेछ भन्ने ठानेको छु।

यसर्थ पनि हाम्रो समाजका अग्रणी, विद्वान व्यक्तित्व एवं बरिष्ट समाजसेवी प्राध्यापक डा. तुलसी राम जोशी र उहाँको पुरै परिवारको उत्तररोत्तर प्रगतिको कामना गर्नु हाम्रो तर्फको एक असाधारण सम्मान मानिने छ भन्नेमा दुईमत नहोला भन्नेमा समेत पनि बिस्वास लागेको छ।

मानिसको जीवनलाई जन्म संगै सार्थकता दिने महत्वपूर्ण दुई भरोसा हुन्छन् भन्ने सबैको बिस्वास हो।ति हुन काँख र साथ भन्ने बुझिएको छ।भनिन्छ मातृभूमिले दिएको काख र साथले मात्र मानिसहरुको जन्मसिद्ध यात्रालाई उर्जावान बनाउने भएकाले यस प्रकारको सिद्धांतलाई डा. जोशीले सार्थकतामा अवतरण गराउनु भएको बस्तुगत पक्ष नै जीवन सफलताको एक प्रमुख र उपलब्धिमुलक उदाहरण हो भनेर हाम्रो समाजले सहजता पूर्वक आँकलन गर्न सक्नु पर्छ भन्ने मान्यता राख्न जरुरी हुनेछ भन्नेमा पनि म बिस्वास गर्दछु।

यसरी संक्षिप्तमा भन्नु पर्दा प्राध्यापक डा. तुलसीराम जोशीले मातृभूमिले दिएको काखलाई ईमानदार भएर इतिहासले सुनौलो अक्षरमा सजाउने गरि सहजता पूर्वक साथ दिएर आफ्नो जन्मभूमिलाई प्रतिबद्ध र सार्वजनिक साक्षात्कार प्रतिनिधिका रुपमा जोडबल गरेर प्रवासी नेपाली भएर सचेत रहदै कर्मभूमिको सेवा साथ-साथमा सकारात्मक दृष्टिकोण बाट जन्मभूमि प्रति ज़िम्मेदारी भएर आवश्यक परिवेशलाई मध्यवर्ती रुपमा सेवा प्रदान गर्न अठोट गर्दै आफ्नो नैतिक कर्तव्य सहितको व़ादा मुताबिक़ पूर्ण रुपमा जवाफदेही भएर सामाजिक सेवाको लागि सम्बंधित सबै प्रकारका सोचमा आधारित हुँदै कर्तव्य पुरा गरीसक्नु भएको छ ।

र आफ्नो जीवकाल भरी नै यस प्रकारको भरोसामा रहि रहने अनि निश्चित अठोट भएको प्रतिनिधि पात्रको रुपमा उभिईरहने बचनलाई निर्धारित आवश्यकता अनुसार निस्चित र निरंतर गतिमा गतिशील रहेर समाजसेवी भावनालाई भावनात्मक मात्र नभएर यथोचित यथार्थका आधारभूत र गतिशील मान्यतामा अडिक भएर यस यात्रामा रहिरहने बिस्वासलाई प्राथमिकतामा राख्नु भएको छ।हाम्रो समाजमा यसलाई मुक्तकंठले सहि अर्थमा हामी सम्पूर्णले सम्पूर्णतामा एउटा गौरवपूर्ण इतिहासका ज्वलन्त उदाहरणमा स्वीकार गर्न सक्नु पर्दछ।यसलाई हाम्रो साझा कर्तव्य र उहाँ प्रतिको असली सम्मान मानिने छ भन्नेमा दुईमत नहोला भन्ने बिस्वास गर्न पनि सकिन्छ।धन्यवाद, अस्तु।

लेखक ,खगेन्द्र अधिकारी संयुक्त राज्य अमेरिकामा एक स्थापित बरिष्ट सामाजिक अभियंता साथै उत्तर अमेरिकामा नेपालीहरुको “एक मात्र सबै भन्दा पहिलो र ठूलो राष्ट्रीय संस्था” Association of Nepalis in the Americas (ANA) का वर्तमान संरक्षक र निवर्तमान अध्यक्ष एवं यसका अतिरिक्त उहाँ अन्य विभिन्न सामाजिक संघ-संस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ।

खगेन्द्र अधिकारी :

प्रतिक्रिया