कोशी प्रदेशका प्रदेश प्रमुख खापुङ्ग– मधेशी आयोग प्रतिवेदन हस्तान्तरण

इनेप्लिज २०८० असार ५ गते ११:१४ मा प्रकाशित

विराटनगर,५ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई मधेशी आयोगले चौथो वार्षिक प्रतिवेदन आज बुझाएको छ।

प्रदेश प्रमुख खापुङ्गलाई आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित मधेशी आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७८÷८९ को चौथो वार्षिक प्रतिवेदन आयोगकी सदस्य रेणुदेवी साहले हस्तान्तरण गर्नु भयो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम आयोगले उक्त वार्षिक प्रतिवेदन वुझाएको हो ।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै मुलुकको विकासका लागि समानुपाति सहभागिता जुटाएर आगाडि वढ्नु पर्ने बताउनु भयो ।

उहाँले नेपालको संविधानका उल्लेख भए अनुसार लोकतन्त्र, गणतन्त्र एवं धर्म निरपेक्षता बलियो बनाए मुलुक सुदृढ र समृद्ध हुने चर्चा गर्नु भयो ।

प्रदेश प्रमुख खापुङ्गले हिमाल पहाड तराई एव मधेशमा वसोवास गर्ने वहुजातिय,वहुसांस्कृतिक,वहुधार्मिक,वहु भाषिक जातिको सम्वन्धलाई ध्यानमा राखि आयोगले प्रतिवेदन तयार गरेकोमा खुशी व्यक्त्त गर्नु भयो ।

आयोगकी सदस्य साहले दुई बर्षको अथक मेहनतका साथ मधेशमा वस्ने जातिजातिको तथ्याङक र मधेशमा महिला हिंसाको उजुरी अध्याधिक भएको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया