आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्ने

इनेप्लिज २०८० असार ५ गते ३:०३ मा प्रकाशित

काठमाडौँ, आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्ने भएको छ ।

खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जीत हात पार्ने योजनामा छ ।

उता, पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित अमेरिका पनि पहिलो जीतको खोजीमा हुनेछ ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया