समाजवादी मोर्चा परिवर्तन उल्ट्याउन खोज्नेहरुविरुद्ध युद्धको घोषणा हो : प्रचण्ड

इनेप्लिज २०८० असार ४ गते २२:४५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए ।

उनले भने, ‘दशकौंदेखि विभिन्न खालको संघर्ष र बलिदानको श्रृखलाबाट गुज्रेका पार्टी र नेताहरुलाई विचार, प्रवत्तिलाई बदनाम गर्ने, यो परिवर्तन हजारौं बेपत्ता र सहिदको त्याग तपस्या र बलिदान आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेका छन्।

उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।

फेरि देशलाई हिजोकै सामन्ति र निरंकुशतातिर फर्काउने चाहनेहरुलाई नयाँ युद्ध भएको जिकिर गरे। जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई निस्तेज पार्न खोज्ने काम स्वीकार्य नभएको बताए ।

प्रतिक्रिया