कबिता-कथा र बिआन

इनेप्लिज २०८० असार ४ गते २२:०६ मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

धक धक गर्ने मेरो धडकनको,
नशा नशामा बग्ने रगर हौ तिमी,
मेरो प्रतेक बोलिमा आउने,
पहिलो नामको पहिलो अक्षर हौ तिमी ।

कसरी भुल्न सक्छु यति छिटै?
नजिक आएकीलाई छोडन सक्छु?
यो दिलको धडकन रोकेर कथा!
टाढा जाउ कसरी भन्न सक्छु?

टुटेएको छ यो दिल भित्र भित्रै बिआन!
समाजको सामुन्ने खुल्न सक्दैन।
आँसु भरिएका आँखा सधै रुन्छन,
समाजको सामुन्ने आँसु झर्दैनन।

कसैको यादको झटकाले टुटाएको,
यो घाएल मुटुको टुक्रा चुडेर लैजाउ,
कसरी भन्न सक्छु बिआन तिमीलाइ,
यो मेरो सकस पुर्ण जिन्दगीमा ।

गुनासो केही छैन तिमिसग,
दस ठाउमा चिरिको दिल समाल्दै,
यो भाग्यमा के के लेखेको छ?
बालक छोरालाइ काखी च्यापी,
आँसु लुकाएर सहदै छु बिआन!

पूरा गर्न नसकेका चाहना सम्झिदै,
कहिले निको नहुने ब्यथा पालेकी छु।
एक्लि आजसम्म भएकी छैन।
पीडा र ब्यथाको जालोमा बेरिएकी छु।

जिन्दगी एउटा यात्रा हो बिआन!
मन मिल्ने यात्रामा जोडिदै जान्छन् ।
मन नमिल्ने बिचमा छोडिँदै जान्छन।
चिन्ता लिनु पर्दैन साथी तिमीले।

कतै कोपिला लहराउ रहेका छन।
कतै कोइली गित गाए रहेका छन।
कतै बिरुवामा पालुवा पलाइ रहेका छन।
धक धक गर्ने मुटु धडकी रहेको छ।

अधुरी कहानीको पात्र भए म।
न पाठकले बुझे मलाइ कहिले।
न लेखकले सम्झिए मलाइ कहिले।
न अतीत भुल्न सके मैले बिआन।

मेरो नशा नशामा बग्ने रगत हौ तिमी ।
मेरो प्रतेक बोलीको पहिलो अक्षर तिमी ।
यो लथालिङ्ग अबस्थामा कथा,
मेरो साथी तिम्रो छोरा र तिमीलाइ,
एक्लै कसरी छोडन सक्छु कथा म?

खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज

प्रतिक्रिया