कोशी प्रदेश मन्त्रिपरिषद् निर्णय –बाढी पहिरोबाट मृत्यु हुनेलाई रु एक लाख राहत

इनेप्लिज २०८० असार ४ गते २१:५६ मा प्रकाशित

विराटनगर,४ असार । कोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरोमा परी मृत्यु हुने प्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहत स्वरुप दिने निर्णय गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनु भयो ।

त्यसैगरी कोशी प्रदेश पुनः नामकरण संघर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया