कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच बार्ता आगामी दिनमा पुनः बस्ने निर्णय

इनेप्लिज २०८० असार ४ गते ११:१९ मा प्रकाशित

विराटनगर,४ असार । कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समिति बीच आज यहाँ भएको पहिलो बार्ताले आगामी दिनमा पुनः वस्ने निर्णय गरेको छ।

सरकारकातर्फवाट बार्ता समितिका संयोजक खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले बार्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आगामी दिनमा पुनः वस्ने निर्णय भएको जानकारी दिनु भयो ।

उहाँले विषयबस्तु प्रवेश गर्नुका साथै सबैको सहमतीमा निरन्तर वार्ताको वातावरण बनाई आगामी दिनमा छलफल गर्ने निश्कर्ष भएको बताउनु भयो ।

पुनः नामकरण संयुक्त सघर्ष समितिका बार्ता सदस्य एवं पहिचान सहितको प्रदेश नं १ पुनः नामङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्वाङले सरकारसँग पहिलो पटक भएको बार्तामा विषयवस्तुमा प्रवेश गर्नुका साथै हार्दिकतापूर्ण सम्पन्न भएको बताउनु भयो ।

उहाँले बार्तालाई निश्कर्षमा पु¥याउन आगामी दिनमा पुनः बार्तामा वस्ने निर्णय भएको जानकारी दिनु भयो ।

स्थानीय विग होटलमा चार घण्टा बसेको बार्तमा सरकारकोतर्फवाट संयोजक मन्त्री मेयान्ङ्बो,उद्योग, कृषि तथा सहकारी मन्त्री भक्त्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी रहनु भएको थियो ।

यसैगरी पुनः नामकरण संघर्ष समितिकातर्फवाट नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय समितिका अध्यक्ष गेल्जे शेर्पा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्गदेन, किराँत राई यायोक्खा केन्द्रीय समितिका उपाध्यक्ष युवराज राई,किराँत राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, किराँत याक्थुङ चुम्लुङ केन्द्रीय समितिका उपाध्यक्ष गोविन्द आङवुहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जवेगु, पहिचान सहितको प्रदेश नं १ पुनः नामङकन अभियानका महासचिव रामभक्त्त कुरुम्बाङ, नेपाल लिम्बु सङ्घका अध्यक्ष कृष्ण चोङ्वाङ्,नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा बार्तामा सहभागि हुनुहुन्थ्यो ।

प्रतिक्रिया