मनाेविज्ञान ( छाेटाे कविता )

-मित्र `उराठी´ गाैतम अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही २०८० असार ४ गते १०:५७ मा प्रकाशित

मङ्सिर,पुषमा खुबै चर्चा चल्याे रविकाे
सबैले भने
रवि भगवान आइदेऊ,आइदेऊ!
हाम्रो पीडा हटाइदेऊ।
रविकाे थाेरै स्पर्शले पनि
आल्हादित बने।
तर अहिले
प्रचण्ड रविकाे आगमनले
आक्रान्त छन् जनता
र भन्दैछन्
हामीलाई रुखकाे छहारी नै प्रिय छ।
रुखले नै शीतलता प्रदान गर्छ।।

२०८०/३/४ गते

प्रतिक्रिया