नर्थ क्यारोलिनामा एक दिने भलिबल प्रतियोगिता सम्पन्न

इनेप्लिज २०८० असार ३ गते १७:४४ मा प्रकाशित

नर्थ क्यारोलिनामा एभरेस्ट भलिबल क्लबको आयोजनामा एक दिने भलिबल प्रतियोगिता सम्पन्न भएको छ।उक्त खेलमा आठ टिमहरुको सहभागिता थियो।तिन टिम भर्जिनिया बाट थियो भने त्यस मध्ये दुइ चाहि नर्दन भर्जिनियाको थियो।

अन्तिम खेलमा एभरेस्ट लाइन्स सेतो जर्सि भर्जिनिया बिजयी भएको छ।रनर अप भने आयोजकको निलो जर्सि बिजयी भएको छ।प्रथम पुरस्कार २००० डलर एभरेस्ट लाइन्स सेतो जर्सि भर्जिनियाले हात परेको छ।त्यस्तै रनर अपले १००० डलर पाएको छ।

क्याप्टेन मौसमी राई ,खेलको राम्रो खेलाडी अनिल भट्टराई ,बेस्ट सेटर रौनक् भर्जिनिया टिम, बेस्ट स्पिकर आयोजक टिम एभरेस्ट भलिबल टिम ब्लु नर्थ क्यारोलिना रहेको छ।

बिजेता टिम बाट क्याप्टेन मौसमी राई,अनिल भट्टराई,शंकर ज्ञवाली,होमनाथ भुसाल,पिताम्बर मुखिया(Peter),प्रबिन अधिकारी र मनोज छेत्री रहेका थिए ।

प्रतिक्रिया