युक्रेनको खार्किभमा रुसी क्षेप्यास्त्र प्रहारबाट सहायताकर्मीको मृत्यु

इनेप्लिज २०८० असार ३ गते १३:२९ मा प्रकाशित

युक्रेनको खार्किभमा रुसी क्षेप्यास्त्र प्रहारबाट सहायताकर्मीको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

शनिबार बिहान खार्किभ क्षेत्रमा रुसी क्षेप्यास्त्रको आक्रमणबाट सहायता पुर्‍याउने क्रममा उनको गाडीमा प्रहार भए पछि दुई जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन्।

पीडितहरुमा ४१ वर्षीय पुरुष र ५३ वर्षीया महिला रहेको बताइएको छ । खार्किभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभका अनुसार ती जोडीले बोहोदुखिव जिल्लामा “स्थानीय बासिन्दाहरूलाई खाना र औषधि पुर्‍याइरहेका थिए।”

खार्किभको अभियोजकको कार्यालयका अनुसार आक्रमणमा थप मानिस मारिएको वा घाइते भएको हुन सक्ने बताएको छ ।

खार्किभ क्षेत्रको कुप्यान्स्क क्षेत्रमा छुट्टाछुट्टै घरहरू, एउटा उद्यान र एउटा इन्धन चौकी (ग्यास स्टेसन )लाई पनि रुसी आक्रमणबाट क्षति पुगेको सिनिहुबोभले बताए।

प्रतिक्रिया