पुरूषोत्तम बरालको अध्यक्षतामा ओएनएफ आयोवा राज्य कमिटी गठन

इनेप्लिज २०८० असार १ गते २:२५ मा प्रकाशित

लुइभिल, केन्टकी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका अन्तर्गत आयोवा राज्य कमिटी गठन भएको छ । भर्चुअल माध्यमवाट वुधवार भएको भेलाले पुरूषोत्तम बरालको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको हो ।

प्रवासी नेपाली मञ्चको वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएको भेलामा ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने प्रमुख अतिथि र अन्तर्राष्ट्रिय कमिटीका सदस्य पुरूषोत्तम बोहरा विशेष अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । उक्त भर्चुअल भेलामा ओएनएफ अमेरिकाका केन्द्रीय सचिव छबि पाण्डे, केन्द्रीय सदस्य शङ्कर लुङ्गेली, ओहायोका पुराना व्यवसायी तथा समाजसेवी देवी बास्तोला, अबन बराल र दिपेश गौतमको उपस्थिति रहेको थियो ।

यही जुन१७ शनिबार केन्टकी राज्यको लेक्जिन्टन सिटीमा हुन गइरहेको ओएनएफ अमेरिकाको केन्द्रीय भेलाको पूर्व सन्ध्यामा गठित उक्त कमिटीको तर्फबाट पनि केन्द्रीय भेलामा प्रतिनिधित्व हुने बताइएको छ ।

प्रवासी नेपाली मञ्च (ओएनएफ)को आयोवा राज्य कमिटी बनेको यो पहिलो पटक हो । मञ्चको केन्द्रीय कमिटीका उपसचिव तथा मिडवेस्ट क्षेत्रका संयोजनकर्ता थोमस बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त भेलाबाट गठित कमिटीमा उपाध्यक्ष रामकृष्ण सुनार, सचिव दावा शेर्पा, उपसचिव प्रमोद गजुरेल हुनुहुन्छ भने सदस्यहरुमा प्रदिप पौडेल, शंकर वराल, रुद्र वराल र अनुषा राय रहेका छन् ।

नेपालको बिग्रँदो राजनीतिलाई खबरदारी गर्ने, प्रवासी नेपाली मञ्चको कार्ययोजनाहरुलाई साथ सहयोग गर्ने, सामाजिक कामहरूमा जोडिएर सकारात्मक कामका लागि भूमिका खेल्ने नवगठित कमिटीका अध्यक्ष पुरूषोत्तम बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया