पिता पुत्र को सम्बन्ध देखाउने “अबाउट माइ फादर”

नवीन रायमाझी २०८० जेठ ३१ गते २३:२० मा प्रकाशित

पिता र पुत्र को सम्बन्ध को कथामा निर्माण भएको सिनेमा “अबाउट माइ फादर” पछिल्लो हफ्ता रिलिज भएको हो। पिता र पुत्रको भावनात्मक सम्बन्धमा कस्तो कस्तो उतार चढाब आउँछ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हास्य शैली मा देखाइएको यो सिनेमा अर्थपूर्ण सिनेमा का दर्शक हरुलाई निकै राम्रो लाग्नेछ भन्ने पंक्तिकार को अनुमान छ।

सिनेमा को मूल कथा अनुसार मध्यम बर्गीय परिवार का पिता सालवो (रोबर्ट डि निरो) ले आफ्नो पुत्र सेबस्टियन (सेबस्टियन मनिस्केल्को) को पालन पोषण आफ्नै गच्छे अनुसार अर्थात् अभाब को साथ् गरिरहेको हुन्छ। यसैबीच सेबस्टियनको भेट धनाढ्य परिबार कि युवती इल्ली (लेस्ली बिब) सँग हुन्छ र उनीहरु को बीच प्रेम हुन् जान्छ। जब इल्ली र सेबस्टियन को परीवारको भेट हुन्छ त्यसपछि सिनेमा रोचक ढङ्गले अघि बढ्छ। के धनाढ्य परीवार कि इल्ली र मध्यम बर्गीय परिवारका सेबस्टियन को प्रेम ले सुखद परिणाम दिन्छ? यो थाहा पाउन भने सिनेमा नै हेर्नु पर्छ।

सिनेमामा सबै कलाकारहरु सुपर स्टारहरु भएको र अभिनय पनि उत्कृष्ट भएको कारण कोहि कसै भन्दा कम छैनन्। यी सबै कलाकार हरुको अनुहार र नाम नै बिक्ने कारण सानो कमि लाइ पनि दर्शक हरुले सजिलै माफ गरिदिन्छन, यद्वपी सबै मुख र सह कलाकार हरुको अभिनय मा खोट लगाउने ठाउँ छैन।

करिब ९० मिनेट को यो सिनेमा मा हास्य को साथ् मा भाबना पनि छ। धेरै दृश्य मा दर्शकहरुको आँखा रसाउँछ र ओँठमा मुस्कान आउँछ त्यसको सबै श्रेय निर्देशक लाउरा टेरुसो लाइ जान्छ। अस्टन अर्ल र अभिनेता मनिस्केल्को ले सयुंक्त रुपमा तयार पारेको स्क्रिप्टलाइ निर्देशक टेरुसोले सिनेमालाइ हास्यरसमा भाबुक बनाएका छन्, जो तारिफयोग्य छ। स्टेफ़ेना इकोनोमाउको सङ्गीत, रोजर स्टोफ़र्सको छायाँकन, स्कट डि हानसनको सम्पादनको साथै क्रिस बेल्ली को भी एफ एक्स को काम पनि तारिफयोग्य छ।

अमेरिकी समाजमा पिता र पुत्र को सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा नभएका दर्शक हरुलाई यो सिनेमाले खासै मनोरन्जन प्रदान गर्न नसके पनि यो बारेमा जानकारी भएका दर्शकहरुलाई रमाइलो लाग्नुको साथै सोच्न समेत बाध्य बनाऊँछ। स्वस्थ मनोरन्जन लिन इच्छा भएका दर्शक हरुलाई समय र पैसा खर्च भएकोमा चिन्ता लिनु पर्दैन।

@twitter#naviinr

नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया