अमेरिकी ओलम्पिक स्वर्ण पदक विजेता टोरी बोवीको बच्चा जन्माउने जटिलताका कारण मृत्यु

इनेप्लिज २०८० जेठ ३१ गते १०:५० मा प्रकाशित

अमेरिकी ओलम्पिक स्वर्ण पदक विजेता टोरी बोवीको बच्चा जन्माउने जटिलताका कारण मृत्यु भएको शव परीक्षणबाट पत्ता लागेको सिएनएनले जनाएको छ ।

अमेरिकी ट्र्याक एण्ड फिल्ड बिजेता (दौडने विधा) टोरी बोवीको बच्चा जन्माउने जटिलताका कारण मृत्यु भएको ओरेन्ज काउन्टी, फ्लोरिडा, चिकित्सा परीक्षकको कार्यालयले जारी गरेको शव परीक्षण प्रतिवेदन (पोस्टमार्टम रिपोर्ट)ले जनाएको छ।

तीन पटक ओलम्पिक पदक विजेता गत मे २ मा ओछ्यानमा मृत अवस्थामा फेला परेको प्रतिवेदनमा उल्लेख छ । ३२ वर्षीया बोवी आठ महिनाको गर्भवती भएको अनुमान गरिएको थियो, र त्यहाँ उनको प्रसूति भएको प्रमाण फेला परेको थियो भनि समाचारमा उल्लेख गरिएको छ ।

बोवीको मृत्यु प्राकृतिक ठहरिएको र प्रतिवेदनले श्वासप्रश्वासको समस्या र एक्लाम्पसिया(कम्पन )सहित सम्भावित जटिलताहरू भएको बताएको छ ।

रोग नियन्त्रण र रोकथाम केन्द्र(सिडिसी )का अनुसार पहिले सामान्य रक्तचाप भएको महिलालाई अचानक “उच्च रक्तचाप र पिसाबमा प्रोटिन वा अन्य समस्याहरू गर्भावस्थाको २० हप्ता पछि” देखा पर्दा प्रीक्लाम्पसिया(कम्पन ) हुन्छ।

प्रतिक्रिया