अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाईएको सबै ३७ वटा मुद्धामा आफू निर्दोष भएको दाबी गरेका छन् । ट्रम्पले आफ्ना वकिल टोड ब्लान्चेमार्फत सबै ३७ आरोपमा आफु निर्दोष भएको बताए । उनले आफ्ना कार्यकाल अवधिका थुप्रै महत्वपूर्ण वर्गीकृत कागजातहरु व्हाइट हाउसबाट फ्लोरिडा लगेका थिए । जुन सरकारी चिज हो र लान पाइदैन । उनले थुप्रै बक्साका बक्सा फ्लोरिडा पुर्याएका थिए ।
आज फ्लोरिडा राज्यको मायामीमा उनि अदालतमा सुनुवाइको क्रममा उनले बोलेनन । अदालतको कोठा भित्र बसेका थिए। उनि बुधबार ७७ बर्ष पुग्दैछन।
ट्रम्पको विमान मायामीबाट प्रस्थान गरेको छ । उनि बेडमिन्स्टर, न्यू जर्सीमा रहेको उनको गल्फ क्लबमा पुगेका छन् जहाँ ट्रम्पले मंगलबार राति आफ्ना समर्थकहरूलाई सम्बोधन गर्नेछन्।
ट्रम्पका रक्षा वकिल टोड ब्लान्चेले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट निर्दोष भएको निवेदन दर्ता गरेका छन्। ट्रम्प अधिकांश सुनुवाइमा भुइँ तिर हेरिरहेका थिए।
ट्रम्प अमेरिकी पूर्वीय समय अनुसार अपराह्न ३ बजेको समयभन्दा पहिले नै २:४५ बजे अदालतमा पुगेका थिए। ट्रम्प उनको सहयोगी र सह-प्रतिवादी, वाल्ट नौटा जस्तै टेबुलमा बसेका थिए। न्यायाधीश आउनु अघि ट्रम्पले अदालतमा करिब १० मिनेट पर्खिरहेका थिए।
ट्रम्पलाई मुद्दाको बारेमा कुनै पनि साक्षीसँग बोल्न प्रतिबन्ध लगाइएको थियो । अदालतले ट्रम्पको यात्रामा प्रतिबन्ध लगाएको छैन भने उनको राहदानी पनि खारेज गरेको छैन। बन्दुक राख्नेमा पनि कुनै प्रतिबन्ध हुनेछैन।
सुनुवाइको क्रममा ट्रम्पले स्मिथलाई फर्केर हेरेनन्। विशेष सल्लाहकार अघि ट्रम्पले कोठा छोडेका थिए।
प्रतिक्रिया