नेपाली कांग्रेसका सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्छ–नेकां महामन्त्री थापा

इनेप्लिज २०८० जेठ ३० गते १०:५६ मा प्रकाशित

विराटनगर,३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकां केन्द्रीय सभापतिले देश र कार्यकर्ताको हितको लागि नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउनु भयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उहाँले पार्टी सभापतिले मैले नेतृत्व गरिन भने पार्टी सम्हालिदैन भन्ने सोचवाट बाहिर निस्कनु पर्ने प्रष्ट पार्नु भयो ।

महामन्त्री थापाले पार्टी नेतृत्व जो सुकैले लिए पनि त्यो पार्टी र स्वंयम सभापतिको हितमा रहने धारणा राख्नु भयो ।

नेपाली जनता र पार्टी शुभेच्छुकको चाहना पनि नेकाँको नेतृत्व अव नयाँ व्यक्त्तिले गर्नुपर्छ भन्ने रहेको उहाँले बताउनुभयो ।

महामन्त्री थापाले पाँच वर्षे यो संसदीय कार्यालयमा एक पटक नेकाँको नेतृत्वमा सरकार वन्ने भएकाले बर्तमान सभापतिले पाँच पटक प्रधानमन्त्री भैसक्नु भएकोले आगामी दिनमा नेकाँको नयाँ नेतृत्वले सरकार सञ्चालन गर्नु पर्ने विचार राख्नु भयो ।

उहाँले पार्टीलाई सुदृढ वनाउने अभियानमा आफु निरन्तर लागि रहेको भन्नुहुदै पार्टी नेतृत्वसँग आफनो कुनै आग्रह पुर्र्वाग्रह नरहेको स्पष्ट पार्नु भयो ।

महामन्त्री थापाले डा शेखर कोइरालासँग पार्टीको १४ औ महाधिवेशनमा रहेको सम्वन्ध अहिले झन प्रगाढ वनेको वताउनुभयो ।

प्रतिक्रिया