विराटनगर,२९ जेठ(रासस): कोशी प्रदेशको १४ जिल्लामा हुने वाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयम जनधनको क्षति न्यूनिकरण, एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर सुनसरीद्वारा इटहरीमा आज प्रदेशस्तरीय एकिकृत विपद् व्यवस्थापन ‘ अभ्यास हातेमालो–५ कार्यक्रममा सहभागीहरुलाई विपद् पूर्वको तयारी र योजना र विपद्को दौरान र पश्चात विभिन्न तहमा गर्नुपर्ने कार्य योजना, कार्यान्वलयन वारे ज्ञान तथा अभ्यास सम्वन्धमा छालफल एवं जानकारी गराइएको छ ।
यस्तै सहभागीहरुलाई मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना कार्यान्वयनमा स्पष्टता, प्रदेश र जिल्ला र स्थानीयको भूमिका र जिम्मेवारीको बारेमा जानकारी, विपद् प्रतिकार्य र मानबिय सहयोगको अवस्थामा सरकारी र गैर सरकारी सङ्घसंस्थाहरुसँग बिभिन्न तहमा गर्नुपर्ने समन्वय र सहकार्यको सयन्त्रको विषयमा छलफल एवं अभ्यास भएको थियो ।
विपद्को दौरान र विपद पश्चात जनशक्ति, श्रोत तथा साधनको परिचलन सम्बन्धी सम्बन्धित सबैको कर्तव्य र जिम्मेवारी र प्रदेश जिल्ला र स्थानीय तहमा विपद् प्रतिकार्यको लागि आवश्यक योजना गरी विभिन्न तहमा हुनसक्ने समस्या चुनौती बारे जानकारी र समाधान उपायहरुको पहिचान गर्नुपर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनधनको क्षति हुन नदिने नेपाली सेना लगायत सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसका लागि सरकारले आवश्यक नीतिगत प्रवन्ध र आर्थिक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
उहाँले सङ्घ, प्रदेश र स्थानीय निकायबीचको सहकार्यबाट विपद् व्यवस्थापनमा नागरिकको उद्दारमा महत्वपूर्ण सफलता प्राप्त गर्न सकिने धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले विपद्का समयमा स्थानीय जनताका सहयोगमा गरिने उद्धार , राहतले यस क्षेत्रमा हुने जोखिम न्यूनिकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले पछिल्लो समयमा प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनाबाट मानिसको मृत्यु र अपाङ्गताको सङख्यामा वृद्धि भैरहेकोमा चिन्ता व्यक्त्त गर्दै यसको रोकथामका लागि जनतामा ट्राफिक नियम सम्वन्धमा जनचेतना वृद्धि गर्नुपर्नेुमा जोड दिनु भयो ।
पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङ्गले अभ्यासको पूर्व तयारीले विपद् व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नु भयो ।
सेनाका विपद् व्यवस्थापन विभागका सहायक रथी रविन्द्र खत्रीले विपद् व्यवस्थापनका समयमा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने धनकुटाका गणपति सुमन थापाले अभ्यास–५ का विषयमा जानकारी गराउनु भएको थियो ।
अभ्यास –५ मा नेपाली सेना, सशस्त्र प्रहरी, तीन तहका कर्मचारी,विभिन्न गैर सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस अघि सेनाको पृतना कार्यालय अन्तर्गतका १४ जिल्लामा जेठ १३ गतेदेखि २० गतेसम्म अभ्यास मनसुन–३ सञ्चालन भएको थियो ।
पत्रकार
प्रतिक्रिया