नोभाक जोकोभिचले टेनिस प्रतियोगितामा क्यास्पर रुडलाई हराउँदै कीर्तिमानी २३ औं महत्वपूर्ण उपाधि जित्न सफल

इनेप्लिज २०८० जेठ २९ गते १०:५२ मा प्रकाशित

नोभाक जोकोभिचले टेनिस प्रतियोगितामा क्यास्पर रुडलाई हराउँदै कीर्तिमानी २३ औं महत्वपूर्ण उपाधि जित्न सफल भएका छन् । जोकोभिचले फ्रेन्च ओपन(खुला टेनिस )प्रतियोगिताको अन्तिम चरण (फाइनल)मा क्यास्पर रुडलाई हराउँदै कीर्तिमानी २३ औं ग्रान्डस्लाम (महत्वपूर्ण )उपाधि जितेका छन् ।

उनले पहिले कायम गरेका किर्तिमानलाई तोड्दै आफ्नो किर्तिमान बनाउन सफल भएका छन् । यस्तो किर्तिमान कायम गर्ने पहिले रोजर फेडेरर थिए, त्यसपछि राफेल नाडाल थिए, अब नोभाक जोकोभिचले क्यास्पर रुडलाई फ्रान्स खुला प्रतियोगिताको अन्तिम खेलमा ७-६ (७-१) ६-३, ७-५ ले हराएर पुरुषतर्फ नयाँ कीर्तिमान बनाएका छन् ।

टेनिस खेलबाट फेडेररले गत वर्ष सन्यास लिएका थिए र नाडालले अर्को वर्षको अन्त्यमा चोटका कारण सन्यास लिनेछन् भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

खेल लगभग डेढ घण्टा सम्म चलेको थियो । नोभाक जोकोभिचले पहिलो पटक फ्रान्सेली भाषामा भीडलाई सम्बोधन गरेका थिए ।

उनले सम्बोधनमा यसो भने : मेरो टोली, मेरो परिवार, मेरा बच्चाहरू, मेरा आमाबाबु, सबै यहाँ छन्, मेरा दुई भाइहरू यहाँ छैनन् तर म तिनीहरूलाई धेरै माया गर्छु।

प्रतिक्रिया