शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग गर्दै प्रदर्शन

वीरेन्द्र रावल २०८० जेठ २८ गते १८:१८ मा प्रकाशित


धनगढी, जेठ २८÷शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणाका विरुद्ध नेकपा एमाले कैलालीले आईतबार धनगढीमा प्रदर्शन गरेको छ ।

नेकपा एमाले निकट आदीवासी जनजाती महासंघको नेतृत्वमा एमाले पार्टी कार्यालय बाट शुरु भएको विरोध जुलुश सुदूरपश्चिम प्रदेश सभाहल अगाडी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दे एमाले कैलालीका सचिव डेजी पाण्डेयले सरकारले सुदुरपश्चिमलाई गरेको विभेदकारी नीतिलाई नसच्चाए सम्म आन्दोलन जारी राख्ने बताएका छन ।

सोही कोण सभालाई सम्बोधन गर्दै लोकतान्त्रि थारु संघका प्रतिनीध तथा एमाले कैलाली जिल्ला सदस्य कमल रानाले आफुहरुका माग पुरा नभए सम्म आन्दोलनलाई बिश्राम नलिने बताएका छन् ।

कोण सभा पूर्व विरोध र्यालीमा सहभागिहरुले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल लागु हुनु पर्ने लगायतका दबाब मुलक नाराहरु लगाएका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया