नक्सा बिबाद: नेपाल सरकार किन चुप?

नवीन रायमाझी २०८० जेठ २८ गते १४:४८ मा प्रकाशित

भारतको नयाँ संसद् भबन मा नेपालको धेरै भाग समेटिने गरी नियतबश बनाइएको “अखण्ड भारत” को नितान्त कपोलकल्पित नक्सा को चित्र झुण्डाएको केहि दिन पछि काठमाडौँ महा नगरपालिका का मेयर बालेन साह ले पनि आफ्नो कार्यकक्षमा “ग्रेटर नेपाल” को नक्सा झुन्डाएर भारतको हेपाहा नीति लाई नमिठो जवाफ दिएका छन्, जुन कार्यको लागि हरेक स्वाभिमानी नेपाली ले उनलाई अनेक अनेक धन्यबाद दिनुपर्ने कुरा मा दुइ मत नहोला।

मेयर साह ले झुण्डाएको नक्सा मा भारत को यु पी र बिहार राज्य को धेरै ठुलो भाग परेको देखेर भारत सरकार ले विदेश मन्त्री एस जय शङ्कर द्वारा आफ्नो मात्र नक्सा ठिक भएको बताउँदै सँधैको जस्तै हेपाहा नीति अपनाएको छ/ बर्तमान नरेन्द्र मोदी सरकार को हण्डी खाएर उनका क्रियाकलाप हरुको अतिरन्जित समर्थन गर्दै आएका गोदी मिडिया अर्थात मोदी को काख मा बस्ने मिडिया हरुले भारत को नक्सा देखेर नेपाल मा हलचल आएको झुटो समाचार हरु प्रेषित गर्न व्यस्त छन्।

यो आलेख तयार पारुन्जेल सम्म नेपाल सरकार ले यो बिषय मा आधिकारिक प्रतिक्रिया दिएको छैन। एमाले अध्यक्ष के पी ओली लगायत बिपक्षि पार्टीहरुले सरकारको आधिकारिक धारणा को माग गरे पनि भारत को दया र निर्देशन मा दशौ बर्ष भारत मा कुखरा को खोर मा लुकेर नेपालमा हिँसा को राजनीति गरेका बर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल लाई यो बिषय मा कुनै ठोस प्रतिक्रिया दिन त्यति सजिलो छैन र अर्को ठुलो पार्टी नेपाली काँग्रेस दाहाल ले के भन्छन र त्यसै अनुसार आफ्नो धारणा राखुँला भनेर कुरिरहेको भान हुन्छ।

हाल बेङ्गलुरु मा रहेर पत्नी को उपचार गराइरहेका मेयर साह ले भारत आउनु भन्दा पहिले आफ्नो कार्य कक्ष मा झुन्डाएको नक्सा मा पुर्ब मा टिस्टा र पश्चिम मा सतलुज नदि र यु पी र बिहार राज्यको धेरै भाग समेटिएको छ। एक सय बर्ष मा कुनै पनि सन्धि स्वत निस्क्रिय हुने बिश्व ब्यापी मान्यता अनुसार बि स १९५० को सन्धि को म्याद २०५० साल मै समाप्त भएको बिज्ञ हरु ले बताए पनि सँधै भारत को पिच्छलग्गु सरकार ले यो बारेमा कुनै कुटनैतिक प्रयास गरेको छैन।

भारतलाई खुशी बनाएर आफ्नो कुर्सि बचाउन र बिगत मा आफ्नो नेतृत्व मा भएको साढे सत्र हजार ब्यक्ति को हत्या र अर्बौं रुपियाँ को नोक्सान जस्ता कुकर्म दबाउने प्रयास मा लागेका प्रधानमन्त्री दहाल ले यो बिषय मा कस्तो धारणा राख्लान वा यसै बुझ पचाएर बस्लान यो कुरा समय ले बताउने नै छ, तर बाहिर भारत सँग सुरुङ्ग युद्द गर्छु भनेर कराउने तर त्यही भारत मा लुक्दै छिप्दै ज्यान जोगाएर बसेका प्रधानमन्त्री दाहाल लाई यो बिषय बाट उम्किन सजिलो भने छैन।

@twitter#naviinr

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया