बाना कप भलिवल अन्तरराज्य प्रतियोगिता प्रारम्भ ,दोश्रो दिन बिजेता घोषितको साथै समापन हुने

इनेप्लिज २०८० जेठ २८ गते १:२० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित र अत्यन्तै क्रियाशील नेपालीहरुको गैर मुनाफा सामाजिक संस्था बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना)को तेश्रो अन्तरराज्य भलिवल प्रतियोगितामा जुन १० का दिन सुरु भएको छ । यसै गरि जुन ११ आइतबारका बिजेता घोषितको साथै सम्पन्न हुनेछ ।

जुन १० शनिबारका दिन बिहान छोटो औपचारिक कार्यक्रम गर्दै सिधै खेल सुरुवात गराईएको थियो । सुबोध पन्तको अध्यक्षतामा प्रतियोगिता प्रारम्भ गर्दै समयको महत्वलाई ध्यान दिदै संयोजक भिम केसी लगायत थोरै स्थानीय तथा बिदेशी स्थानीय पदाधिकारी/हरुले शुभकामना समेत दिएका थिए । कार्यक्रम संचालन महा सचिव सागर घिमिरेले गरेका थिए ।

प्रतियोगिताको लागि १८ वटा खेल टोलीले सहभागिता जनाएका छन् । साथै २ वटा महिला भलिवल टोलीले पनि सहभागिता जनाएका छन् भने तर उनीहरुले मैत्रीपूर्ण खेल खेल्ने छ । महिलाहरुको मैत्रीपूर्ण खेल जुन ११ आइतबारका दिन हुनेछ ।

प्रतियोगितामा १८ वटा टोलीका ४० वटा भन्दा बढि खेल हुनेछ भने दुबै दिनको खेल मेरिल्याण्ड जुनियर्स स्पोर्ट्स सेन्टर जेसवमा हुनेछ । प्रतियोगिताको लागि टेक्सस,पेन्सिलभेनिया,न्यूयोर्क,ओहायो र भर्जिनियाका र मेरील्याण्डका खेल टोलीहरुले सहभागिता जनाएका छन् ।

बिजेताटोलीले ५ हजार ५ सय ५५ डलर तथा उप बिजेता टोलीले ३ हजार ३ सय ३३ डलर प्राप्त गर्नेछन् ।

कार्यक्रम स्थल गत बर्ष मै आयोजना गरिएको स्थान 8221 Preston Ct, Jessup, MD 20794 मा प्रतियोगिता भै रहेको छ ।

प्रतिक्रिया