घरघरबाट जुन परिवर्तनको आशा राख्नुभएको थियो, त्यो भाका हामीले सुरुवात गरेका छौं: रवि लामिछाने

इनेप्लिज २०८० जेठ २८ गते १:१० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपाले देशको परिस्थितिले जन्माएको राजनीतिक दल भएको बताएका छन् ।

पार्टी खोलेको एक वर्ष हुन लागेको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै लामिछानेले यस्तो बताएका हुन् । एक वर्षको अवधिमा नेपाली जनताले घरघरबाट खोजेको परिवर्तनलाई जनताको भाका टिपेर सुरुवात गरेको बताएका हुन्।

‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रुपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’

मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी भएको उनको दावी थियो । ‘यो एक वर्ष भित्र हामीले जसरी आफुलाई संसदमा पुर्यायौं छोटो समय सरकारमा राख्यौं र अहिले रचनात्मक प्रतिपक्षका रुपमा आफुलाई प्रस्तुत गरिरहेका छौं ।

मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी हो । यसको अर्को विकल्प छैन र मुलुकले खोजेको परिवर्तनको ठीक समयमा सुरुवात भएको राजनीतिक दल रास्वपा हो ।

रास्वपाले जनजीविकाको मुद्दालाई प्रमुख मुद्दा बनाएको उनले बताए । उनले आफनो पार्टी खोल्नुको कारण बताउँदै भने,‘ जनजीविकालाई प्रत्यक्ष प्रभाव पारेको विषय भनेको कुशासन हो । मुलुकमा कुशासनको कारणले आज जस्तो अवस्था भोग्नु परेको छ त्यो नै रास्वपा जन्मनुको मूल कारण हो ।

प्रतिक्रिया