इन्टर मिलानलाई १–० ले हराउँदै म्यानचेस्टर सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

इनेप्लिज २०८० जेठ २७ गते २३:०७ मा प्रकाशित

इन्टर मिलानलाई १–० ले हराउँदै म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार इस्तानबुलको अतातुर्क ओलम्पिक रंगशालामा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ र इतिहास बनाएको छ ।

२००८ मा सेख मन्सुर बिन जायद अल नाह्यान र अबु धाबी युनाइटेड समूहले क्लबको स्वामित्व लिएपछि युरोपको प्रिमियर भकुण्डो कप प्रतियोगिता जित्नु अन्तिम लक्ष्य रहेको थियो।

गत १५ वर्षमा सयौं मिलियन डलर खर्च गरिएको थियो भने विवादले क्लबलाई घेर्यो । तर अन्ततगत्वा इन्टर मिलानलाई १-० जित्न सफल भएको छ । तीन पटकको बिजेता इन्टरलाई हराएर, पेप गार्डियोलाको टोली एकै मौशममा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग खेलमा जीत हासिल गर्ने दोस्रो बेलायती भकुण्डो खेल टोली बनेको छ ।

त्यस्तो नतिजा पहिलो म्यानचेस्टर युनाइटेडले १९९८ /१९९९ मा ल्याएको थियो ।

प्रतिक्रिया