मा. अच्युतानंद- श्रीलक्ष्मी मेमोरियल ट्रष्ट द्वारा विपन्न छात्राहरूलाई छात्रवृत्ति प्रदान

इनेप्लिज २०८० जेठ २७ गते १०:०३ मा प्रकाशित

मा. अच्युतानंद- श्रीलक्ष्मी मेमोरियल ट्रष्टले विपन्न छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बिपन्न तथा असहाय बच्चाहरूले पनि पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्ने पवित्र उद्देश्य लिएर सन् २०१६ मा स्थापना भएको हो । माष्टर अच्युतानन्द-श्रीलक्ष्मी मेमोरियल ट्रष्ट बाट अबिछिन्न रूपमा काठमाण्डौंको न्ह्योखा टोल स्थित बि.सं. २००३ सालमा स्थापित कन्या मन्दिर माध्यमिक विद्यालय मा पढ्ने विपन्न छात्राहरूलाई कक्षा १ देखि कक्षा १० सम्म पूर्ण छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

बिशेष गरि अमेरिकामा बस्ने समाजसेवी दाताहरूबाट ब्यक्तिगत रूपमा सहयोग गर्दै आईरहेको कुरा मा. अच्युतानन्द राजोपाध्यायका सुपुत्र तथा यस ट्रष्टका संस्थापक बासव राजोपाध्यायले ईनेप्लिज लाई बताउनु भएको छ ।

यसै क्रममा गत हप्ता कन्या मन्दिर माध्यमिक विद्यालय मा बिभिन्न कक्षामा पढ्ने छात्राहरूलाई कक्षामा पढ्ने किताब, कपी, कलम, झोला, स्कूलको पोसाक , जुत्ता साथै भर्ना फि रक़म हस्तांतरण समारोह सम्पन्न भयो । स्थापना काल देखि अध्यक्ष तथा संयोजकको भूमिका निभाई यो छात्रवृत्ति संचालन गर्दै आउनु भएका लायन्स क्लब अफ काठमांडू भृकुटी का कोषाध्यक्ष तथा स्वास्थ्यकर्मी सजनी राजोपाध्यायका अनुसार बर्षेनि धेरै संख्यामा गरिब बिद्यार्थी तथा अभिभावक हरूको आवेदन आउने तर सबै जनालाई पूर्ण छात्रवृति प्रदान गर्न सकिदैन ।

त्यसमा पनि अति आवश्यक भएकाहरू लाई छानेर मात्रै छात्रबृति प्रदान गरिन्छ । सो समारोहमा बोल्दै सजनी राजोपाध्यायले छात्राहरूका अभिभावकहरूले नि शुल्क रूपमा पढ्न पाएको छ भन्दैमा आफ्ना बच्चाहरूको पढ़ाईमा ध्यान नदिनु बस्न नहुने तथा शिक्षकहरूले पनि आफ्ना बिद्यार्थीहरूले आफूले पढाएका बिषयहरू राम्रा बुझिरहेका छन् कि छैनन् भन्ने कुरामा ध्यान दिन ज़रूरी छ र यस बाट शिक्षाको गुणस्तर बढ्ने कुरा बताउनु भयो ।

यसै क्रममा वहाँले यस ट्रष्ट अन्तर्गत यस विद्यालय र अरू विभिन्न विद्यालयमा गरि हाल सम्म ८३ जना बालबालिकाहरू लाई पूर्ण छात्राबृत्ति प्रदान गर्दै आईरहेको र यो वर्ष १०० जना पुर्याउने लक्ष भएको बताउनु भयो ।

सभामा बोल्दै विद्यालय का प्रिन्सिपल घनश्याम न्यौपाने ले कन्या मन्दिर स्कूलका विद्यार्थीहरू यस प्रकारको सहयोगले विपन्न वर्गले पनि पढ्ने अवसर पाएको र ट्रष्टका अध्यक्ष सजनी राजोपाध्यायको सेवा गरौं भन्ने भावनाले गर्दा यो छात्राहरूले शिक्षाको अवसर प्राप्त भएको भन्दै ट्रष्टका सम्पूर्ण परिवारलाई धन्यवाद दिनु भयो ।

यसै क्रममा विद्यालयका शिक्षक रूपेश राना ले विद्यार्थीहरूले प्राप्त गरेको पूर्ण छात्रवृत्तिलाई राम्रो अबसरको रूपमा लिएर पढ़ाईमा ध्यान दिएर पढ्नु पर्ने कुरा बताउनु भयो ।

प्रतिक्रिया