विराटनगर,२५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धन सरकार सही)ढङ्गले सञ्चालन हुनुपर्ने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको कामबाट जनतामा निराशा होइन कामको अनुभूति हुनुपर्नेमा जोड दिनु भयो ।
महामन्त्री थापाले नेकां सबैभन्दा ठूलो पार्टी भएकोले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचिएको प्रष्ट पार्नु भयो ।
उहाँले कोशी प्रदेशमा गठबन्धनका दलहरुका निर्णयहरु स्प्रिटका आधारमा कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त्त गर्दै प्रदेशमा वर्तमान राजनैतिक घटनाक्रमको विकासले ठोस निर्णय हुने विश्वास व्यक्त्त गर्नु भयो ।
महामन्त्री थापाले भन्नु भयो ‘लिम्पियाधुरा र लिपुलेक माथि नेपालको हक अधिकार छ र कसैले यसलाई खासेर लान सक्दैन र लान पनि दिइन्न भन्दै नेपालले यसको विकल्पमा अरु केही सोच्दैन’ ।
उहाँले भन्नु भयो – ‘कुनै देशमो आफ्नो सांस्कृतिक नक्सा राख्ने अधिकार राख्छ भने त्यस्तो अधिकार नेपाल समेत रहेको छ’ ।
महामन्त्री थापाले पार्टीभित्र परिवर्तनको चाहनालाई अभिव्यक्ति गर्ने मुख्य थलो आगामी भदौमा हुने नीति अधिवेशन भएको बताउँदै यसले पार्टीका केही निर्णयहरुको वारेमा पुनः विचार गर्न र पार्टीलाई ठिक ठाउँमा उभ्याउने दुरगामी निर्णय गर्न सक्ने विचार राख्नु भयो ।
उहाँले पार्टी सभापतिले गर्ने काम वाहेक महामन्त्रीहरुले देशभारीका तल्लो तहका कार्यहरुसँग छलफल ,परिचालन , पार्टी कमिर्टीलाई पूर्णता दिने कार्य गरिने बताउनु भयो ।
प्रतिक्रिया