मेरिल्याण्डमा १० बर्षिय बालिकाको अन्त्येष्टि गर्ने क्रममा चिहानमा दुई जनालाई गोली प्रहार ,एकजनाको मृत्यु

इनेप्लिज २०८० जेठ २४ गते ११:०८ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा बालिकाको अन्त्येष्टि गर्ने क्रममा चिहानमा दुई जनालाई गोली प्रहार गरिदा एकजनाको मृत्यु भएको छ ।

गत महिना बन्दुकको हिंसाको सिकार भएकी १० वर्षीया बालिकाको अन्त्येष्टि गर्ने क्रममा मेरील्याण्डको चिहानमा दुई जनालाई गोली हान्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गत मंगलबार दिउँसो प्रिन्स जर्जको काउन्टीको वाशिंगटन नेशनल सिमेट्री(मुर्दा गाड्ने ठाउँ ) मा भएको उक्त घटना भएको हो ।

गोलाबारी वाशिंगटन डीसी भन्दा बाहिर रहेको स्थानमा भएको प्रिन्स जर्जको काउन्टीका प्रहरी प्रमुख डेभिड ब्लेजरले बताए ।

बन्दुकको गोली लागेर एक पुरुषको मृत्यु भएको छ भने एक महिलालाई गोली लागेता पनि खतरामुक्त रहेकी छिन । एक व्यक्तिलाई हिरासतमा लिइएको ब्लेजरले बताए ।

प्रतिक्रिया