प्रतिनिधिसभा बैठक बस्दै, आज पनि बजेटमाथि छलफल हुने

इनेप्लिज २०८० जेठ २४ गते ३:३० मा प्रकाशित

काठमाडौ, प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

बजेटमाथिको छलफल सोमबारबाट सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेट सच्याउन माग गरेको छ । एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ ।

सत्ता पक्षका सांसदहरूले भने बजेट कार्यान्वयनमा जोड दिनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया