“सर्वोच्च अदालतद्वारा राष्ट्रपतिलाई रेशम चौधरीलाई आममाफी दिनुको कारण माग”

इनेप्लिज २०८० जेठ २४ गते ०:४५ मा प्रकाशित

काठमाडौँ I सर्वोच्च अदालतद्वारा जघन्य अपराधमा अदालतका तीन वटै अदालतले जघन्य अपराधमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीलाई राष्ट्रपति कार्यलय समक्ष आममाफी दिनुको कारण माग गरेको छ।

पीडित शारदा कडायतले दर्ता गरेको उत्प्रेषण/परमादेशको रिटमा व्याख्या गर्दै आज सर्वोच्च अदालतका माननीय न्यायाधीश प्रकाश सिंह राउतको एकल इजलासले अग्रधिकार सहित कारण देखाउ आदेश जारी गरेको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता हरि प्रसाद पंगेनी, अधिवक्ता रामचन्द्र पौडेल, अधिवक्ता लोकेन्द्र सिंह धामी, अधिवक्ता चेत बहादुर थापा लगायत अधिवक्ताले वहस गरेको उक्त इजलासमा निवेदक शारदा कडायत स्वयं उपस्थित भएर न्यायाधीश समक्ष न्यायको विनय गरेकी थिईन्।

भावनात्मक वहस गरेका अधिवक्ता हरि प्रसाद पंगेनीले तीन वटै अदालतबाट गरेको फैसलालाई उल्टाउने अधिकार राष्ट्रपतिलाई नभएको, क्रूर यातना सहितको अपराधमा आममाफी दिनु विधीको शासनको उपहास भएको, आफ्नो पक्षले १२ गतेको मन्त्रीपरिषद् निर्णयलाई सुचनाको हक अन्तर्गत निवेदन दिदाँ समेत राज्यले नै सूचना लुकाई एकैपटक गणतन्त्र दिवसको दिन घोषणा गरेकोले न्यायप्रेमी जनतालाई सर्वोच्च अदालत मात्र एक मात्र विकल्प भएकोले न्यायको याचना गर्नुपरेको उल्लेख गरेका थिए।

सर्वोच्च अदालत समक्ष अब राष्ट्रपति कार्यालय लिखित जवाफ सहित उपस्थित हुनुपर्ने छ। अग्रधिकार सहितको आदेश भएकोले पेसि पनि अग्र भागमा चढ्नेछ।

प्रतिक्रिया