नेकपा माओवादी केन्द्र –समर्थन फिर्ता र राजीनामा

इनेप्लिज २०८० जेठ २३ गते २१:०५ मा प्रकाशित

विराटनगर, २३ जेठ(रासस): नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाउनु भएको छ ।

संसदीय दलको बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

नेता आङ्बोले गएको पुस २४ गते नेकपा एमाले नेतृत्वमा बत्रे प्रदेश सकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण हो भन्दै अब बत्रे सरकारको नेतृत्प नकपा माओवादी केन्द्रले लिने र यसका लागि गठबन्धन दलहरुसँग छलफल गर्ने भन्नुभयो ।

उहाँले वर्तमान सरकार र राजनीतिक दलहरुकै सहमतमा प्रदेश नामकरण भएपनि पहिचान पक्षधरहरुले उठाएको माग प्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले प्रदेशमा अहिले समस्या देखिएको बताउनुभयो ।

नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीहरुसँग वार्ता गर्न आह्वान गरेपनि वार्ता टोली गठन नगर्नु पहिचानवादीलाई वेवास्ता गरेको स्पष्ट पार्दै उहाँले भत्रुभयो,‘ सरकारले पहिचानवादीहरुको आन्दोलन र मागलाई वेवास्ता गरेको छ, सम्मान गरेको छैन।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ भर्खरै भारत भ्रमण गरेर स्वदेश फर्कदा सङ्घीय संसदमा देखाएको राजनीतिक दलहरुको क्रियाकलाप अशोभनीय छ भन्नुभयो ।

यसैगरी, कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तर्फबाट पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पुूर्वाधार विकास मन्त्री दुर्गाप्रुसाद चापागाईंले आजै आआफनो पदबाट राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया