विराटनगर,२२ जेठ । एन्टिवायोटिक औषधिको प्रयोग चिकित्सकको निर्देशन अनुसार गर्नुपर्ने यहाँ सुझाव सहभागीहरुले दिएको छन्।
स्वास्थ्य तथा तथा जनसङख्या मन्त्रालय एवं स्वास्थ्य पत्रकार समूहद्वारा आज यहाँ आयोजित एन्टि माइक्रोबियल रेसिस्टेन्स(एएमआर) विषयक सञ्चारकर्मीसँगको अन्तरक्रियामा सहभागीहरुले एन्टिवायोटिक औषधि अत्याधिक प्रयोगले ब्याक्टेरिया र सङ्क्रमणको उपचारका लागि बनाइएका औषधिलाई पराजित गर्दे जीवाणुहरू बलियो भई प्रतिरोधी क्षमता वृद्धि भई एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् एन्टिबायोटिक प्रभावहीन बन्दै गएको विचार राखेका छन् ।
उहाँहरुले स्वास्थ्यकर्मीहरुको सल्लाहमा एन्टिबायोटिक औषधिको मात्रा पुरा गर्नुपर्नेमा जोड दिँदै अन्यथा आगामी दिनमा औषधिले कुनै काम नगर्ने विचार राख्नु भयो ।
एन्टिबायोटिक औषधिको गलत प्रयोगका कारण नेपालजस्तो विकासोन्मुख देशहरूमा बढी जोखिममा रहेको सहभागीहरुको भनाइरहेको छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिब डा सुधा देवकोटाले एन्टिवायोटिक औषधि चिकित्सकले तोककोे समयसम्म मात्र प्रयोग गर्नुपर्ने जानकारी समाजमा जागृत गराउनु पर्ने आवश्यक्त्ता औल्याउनु भयो ।
सङ्क्रमणविद् डा सन्तोष दुलालले नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिक औषधिको प्रयोग भइरहेको जानकारी दिनु भयो ।
उहाँले सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक प्रयोगले यो प्रभावहीन बन्न पुगिरहेको बताउनु भयो ।
स्वास्थ्य पत्रकार समूह उपाध्यक्ष अर्जुन अधिकारीले चिकित्सक पूर्जा बिना जथाभावी औषधि सेवन गर्दा एन्टिबायोटिक प्रभाव घट्नै गएको धारणा राख्नु भयो ।
एक दिने उक्त कार्यशाला गोष्ठीमा मोरङ जिल्लामा क्रियाशिल ४० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया