विराटनगर,२२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय संरचनाको कार्यान्वयनमा प्रादेशिक पिआईएस पार्टल महत्वपूर्ण कार्य भएको बताउनु भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा मुख्यमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय कितावखाना ललितपुरद्वारा तयार गरिएको ‘प्रादेशिक पिआईएस पोर्टल हस्तान्तरण कार्यक्रममा उहाँले पोर्टलको निर्माणबाट प्रदेशका र स्थानीय निकायका कर्मचारीहरुको मनोबल उच्च भएको धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले पोर्टलमा कर्मचारीहरुको बयक्तिक विवरणका साथै सेवाको ग्यारेण्टी,विवरण व्यवस्थित राख्ने , सेवापछि पाउनेपर्ने सम्पूर्ण कुराहरु अभिलेखिकीकरण गरिने जानकारी दिनु भयो ।
उहाँले प्रदेशमा राष्ट्रिय कितावखानाको स्थापनाले सङ्घीय संरचनाको कार्यान्वयनलाई बलियो बनाउने विश्वास व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले हस्तान्तरण भएको प्रादेशीक पोर्टललाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि मुख्यमन्त्री कार्यालय तथा सम्बन्धित महाशाखालाई निर्देशन समेत समेत दिनु भयो ।
प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेले प्रदेश पोर्टल सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पाटो भएको धारणा राख्नु भयो ।
राष्ट्रिय कितावखानाका उप निर्देशक सुशिला अर्यालले पोर्टलले प्रदेशको जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नु भयो ।
उपनिर्देशक अर्यालयले मुख्यमन्त्री कार्यालयका सचिव माधवप्रसाद पोखरेललाई उक्त पोर्टल हस्तान्तरण गर्नु भएको थियो ।
प्रतिक्रिया