पेरिसबाट अमेरिकाको लागि उडेको बिमानमा अनियन्त्रित यात्रुका कारण क्यानाडा तर्फ लगियो

इनेप्लिज २०८० जेठ २२ गते ११:२१ मा प्रकाशित

पेरिसबाट अमेरिकाको लागि उडेको बिमानमा अनियन्त्रित यात्रुका कारण क्यानाडा तर्फ लागिएको प्रहरीले जनाएको छ ।

फ्रान्सको पेरिसबाट अमेरिकाको मिसिगन राज्यको डेट्रोइटका लागि शुक्रबारको उडानमा अवरोध गर्ने यात्रुको कारण विमानलाई क्यानडातर्फ लग्नु परेकोले उनले आपराधिक आरोपको सामना गरिरहेको प्रहरीले बताए ।

रोयल क्यानेडियन माउन्टेड प्रहरीका प्रवक्ता सीपीएलका अनुसार ३४ वर्षीय व्यक्तिले उपद्रव ढंगले व्यवहार गरिरहेका थिए र मादक पदार्थ सेवनको प्रभावमा रहेको विश्वास गरिएको छ । हाल सम्म अधिकारीहरूले यात्रुको नाम भने खुलाएका छैनन ।

क्यानाडाको न्यूफाउन्डल्याण्डको स्टेफेनभिल डाइमन्ड अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्दा रोयल क्यानाडाली माउन्टेड प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको प्रवक्ताले बताए।

यात्रुले विमानलाई खतरामा पारेको आरोपको सामना गरिरहेको छ र सोमबार स्टीफनभिल नगरपालिका अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।

डेल्टा बिमानसेवाद्वारा सञ्चालित उक्त उडान गत शुक्रबार बिहान पेरिसको चार्ल्स डे गौले विमानस्थल छोडेको थियो र क्यानडामा अवतरण गर्नु अघि करिब छ घण्टासम्म आकाशमा उडेको थियो । क्यानाडाको विमानस्थलमा करिब डेढ घण्टा पछि उड्यो र डेट्रोइटतर्फ गयो।

डेल्टामा अनियन्त्रित व्यवहारको लागि शून्य सहनशीलता नियम भएको र आफ्ना हाम्रा ग्राहकहरू र उडान चालक दलको सुरक्षालाई ध्यान दिने गरेको डेल्टाका प्रवक्ताले घटनाको सन्दर्भमा एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अमेरिकी संघीय उड्ययन प्रशासनको तथ्याङ्क अनुसार गत वर्ष २,३०० भन्दा बढी यात्रुहरूले अनियन्त्रित ब्यबहार गरेका थिए ।

प्रतिक्रिया