मेरिल्याण्डको बेथेस्डाको एक गोरेटोमा महिलाहरूलाई अशोभनीय रूपमा छुने संदिग्धको व्यापक खोजी

इनेप्लिज २०८० जेठ २२ गते १०:५६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बेथेस्डाको एक गोरेटोमा महिलालाई अशोभनीय रूपमा छुने संदिग्धको व्यापक खोजी भै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बेथेस्डा मेरील्याण्डको लोकप्रिय पैदल यात्रा गर्ने गोरेटोमा महिलाहरूलाई अनुचित रूपमा छुने व्यक्तिको खोजी गरिरहेको छ । प्रहरीका अनुसार उक्त ब्यक्ती जो प्रायः इलेक्ट्रिक स्कुटर(विधुतीय दुई पाङ्ग्रे )मा देखिने बताए ।

अहिलेसम्म मोन्टगोमेरी काउन्टी प्रहरी विभाग बेथेस्डा गोरेटोमा कम्तिमा तीन वटा घटनाहरू घटेको र प्रहरीहरु सचेत रहेको विभागले जनाएको छ । ३ जनाले बताई सकेका छन् भने अन्यहरु डराएको हुन् सक्ने र धेरै पीडितहरू हुन सक्छन भनि प्रहरीले जनाएका छन् ।

अधिकारीहरूले पहिलो घटना आइतवार, मे २१ मा लगभग ९:३० बजे भएको थियो। केनेडी श्राइभर एक्वाटिक सेन्टर नजिकै निकोल्सन मार्गमा हिंड्दै गर्दा एक महिलालाई ठक्कर दिएको र अशोभनीय रुपमा छोएका थिए ।

पीडितले भागे पछि प्रहरीलाई बोलाएकी थिइन् भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ । संदिग्ध बिधुतिय दुई पाङ्ग्रे स्वचालित सवारी साधन (इलेक्ट्रिक स्कुटर)मा सवार रहेको प्रहरीले बताए ।

प्रहरीका अनुसार गत मे २३ मा सोही व्यक्तिले विद्युतीय दुई पाङ्ग्रेमा दुई महिलालाई त्यस्तै ब्यबहार गरेका थिए । उसले उनीहरूलाई पछ्याएको र उनीहरू दुवैलाई अनुपयुक्त रूपमा छोएका थिए । एकजना पीडितले आक्रमणकारीको तस्बिर खिच्न सफल भएकी थिइन् ।

त्यहाँ दुई थप घटनाहरू मे २३ मा एक घण्टा भित्र भएको प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया