क्यानेडियन नेवाः गुठि द्वारा ” तेश्रो सामुहिक इहि” कार्यक्रम सम्पन्न 

इनेप्लिज २०८० जेठ २२ गते १०:४१ मा प्रकाशित

ब्राम्प्टन, क्यानेडियन नेवाः गुठिले “तेश्रो सामुहिक इहि” कार्यक्रम ब्राम्प्टन स्थित पशुपतिनाथ नेपाली मन्दिरमा हालै सम्पन्न गरेको छ । कार्यक्रममा गुठिका महासचिब बिमल श्रेष्ठले सहभागि इहि कन्या, बाबुआमा, आफन्त लगायत सबैलाई स्वागत गर्नु हुदै नेवाः संस्कृति र परम्परालाई जगेर्ना गर्न गुठिले बिभिन्न कृयाकलाप गर्दै आएको बताउनु भयो । तत्पस्चात इहि कार्यक्रम संचालनका लागि अमेरिका बाट आउनुभएका मूल पुरोहित भूपति आनन्द राजोपाध्यायलाई गुठिका अध्यक्ष प्रकश प्रधानले खादा लगाई स्वागत गर्नु भयो भने इहि कन्याहरुको पनि परिचय दिइयो। स्वागत कार्यक्रम पछि यज्ञ मण्डलमा स्थपित देब देबताहरुको पूजा गरि इहिकार्यक्रम सुरु गरिएको थियो।

सर्बप्रथम इहि कन्याहरुलाई मूल ढोकाबाट स्वागत गरि यज्ञ स्थलमा बसाली बिधिपूर्बक इहि प्रक्रिया पूरा गरिएको थियो। इहिकार्यक्रमको बिच बिचमा बिभिन्न बिधिको अर्थको पुरोहित भूपति आनन्द राजोपाध्यायले गर्नु भएको थियो। त्यसपछि कन्यादान कार्य गरिएको थियो भने यज्ञ बिसर्जन पछि इहि कन्याहरुलाई बिभिन्न परिकारसहितको”थायभु” खुवाइएको थियो। “थायभु” प्रक्रिया पछि फुफू तथा आफन्तहरुले इहिकन्याहरुलाई”बारां छुयगु” (उपहार) प्रदान गरिएको थियो।

इहिको कार्यक्रमपछि इहि कन्याहरुलाई गुठिका अध्यक्ष प्रकाश प्रधानले सहभागिता प्रमाण पत्र गर्नु भएको थियो भने मूल पुरोहित भूपति आनन्द राजोपाध्यायलाई इहि कार्यक्रम सफलतापूर्बक संचालन गर्नु भएकोमा सम्मान पत्र प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा बोल्नु हुदै मूल पुरोहित राजोपाध्यायले नेवाः सस्कृतिको सम्बर्द्धनकोलागि क्यानडामा पनि आफूले केहि गर्ने मौका दिनु भएकोमा गुठि प्रति आभार ब्यक्त गर्नु भयो। नेपलिज क्यानेडियन हेरिटेज सोसाइटीका सभापति डा. लीला भण्डारीले मन्दिरको बिकाशको लागि सबैको सहयोग आबश्यक भएको बताउनु हुदै इहि कार्यक्रम सदा झै मन्दिरमा आयोजना गरेकोमा धन्यबाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा इहि कन्याका अभिभाबक बिनोज श्रेष्ठले क्यानडामा आएर पनि नेवाः सस्कृति अनुरुप इहि कार्यक्रम गर्न पाएकोमा गुठि प्रति आभार ब्यक्त गर्नु भयो। सोहि कार्यक्रममा इहि कन्या रिसिका नकर्मी तथा पनि श्रेष्ठले पनि इहिकार्यक्रममा भाग लिन पाएकोमा खुशी ब्यक्त गरेका थिए भने गुठिका सचिब सुमन राजबनन्शीले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।

कार्यक्रम पस्चात गुथिका उपाध्यक्ष उत्तम माकःजु तथा मन्दिरका पण्डीत बद्रि पगेनीले भक्ती संगीत प्रस्तुत गरेका थिए। इहि संस्कार नेवाः समुदायका ५ देखि ११ बर्ष सम्मका कन्याहरुमा गरिने महत्वपूर्ण संस्कार हो जसमा संस्कारकै माध्यमबाट कन्याहरुलाई उमेरमा अनुसार आउने परिबर्त बारे जिबनोपयोगि शिक्षा बाट दिक्षित गरिने गरिन्छ।

प्रतिक्रिया