नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे क्षेत्रमा प्रदर्शन हुदै ,आइतबार फ्रिमण्टमा प्रदर्शन हुने

इनेप्लिज २०८० जेठ २१ गते २२:३३ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे क्षेत्रमा धमाधम प्रदर्शन हुन् थालेको छ । जुन ३ शनिबार प्रदर्शन भै सकेको छ भने दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

जुन ४ आइतबारका दिन फ्रिमण्टमा प्रदर्शन हुने भएकोले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई हेर्न आउन आह्वान चलचित्रका निर्देशक सुबर्ण थापाले गरेका छन् ।

क्यालिफोर्नियाको फ्रिमण्टमा सिने लाउन्जमा स्थानीय समय साँझ ५ बजे ‘द सेक्रेट अफ राधा’ प्रदर्शन हुनेछ। यसैगरी कंकर्डस्थित थिएटर(चलचित्र मन्दिर)मा जुन ७ तारेखमा बेलुकी प्रर्दशन हुने भएको निर्देशक थापाले ईनेप्लिजलाई बताए ।

राधा सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्र हो । चलचित्र ‘राधा’ ले नारी पात्रको प्रतिनिधित्व गर्दै हाम्रो नेपाली समाजमा घटेको घटनामा आधारित रहेको छ ।

थापाद्वारा निर्देशित चलचित्रमा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।

नेपाली परिवेशमा एक गर्भवती महिलाले श्रीमानको पर्खाइमा भोग्नु परेको सङ्घर्षको कथालाई चलचित्रले समेटेको छ । कामको खोजीमा सहर पसेका पतिको प्रतीक्षामा रहेकी एउटी महिलाले गाउँलेहरूबाट खेप्नु परेको दुःख र श्रीमानलाई खोज्न गरेको सङ्घर्षलाई चलचित्रमा उजागर गर्न खोजिएको छ ।

द सेक्रेट अफ राधा चलचित्र ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँचमा मनोनयन भएको छ । सोल्टी होटलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गर्दा १० वटा विधामा “द सेक्रेट अफ राधा” मनोनित भएको छ ।

फ्रान्समा कर्मथलो बनाउदै आएका निर्देशक थापाले चलचित्रलाई अमेरिका र अस्ट्रेलियाका मुख्य शहरहरुमा प्रदर्शन गरिने बताए ।

प्रतिक्रिया