युक्रेनको राजधानी कीभमा रातभरी प्रहार गरिएका सबै क्षेप्यास्त्रहरु खसालेको युक्रेनको दावी

इनेप्लिज २०८० जेठ २१ गते १२:१७ मा प्रकाशित

युक्रेनको राजधानी कीभमा रातभरी प्रहार गरिएका सबै क्षेप्यास्त्रहरु खसालेको युक्रेनले दावी गरेको छ । साथै युक्रेनी राष्ट्रपति भोलादिमिर जेलेन्सकीले सबै युक्रेनीहरूलाई व्यक्तिगत रूपमा सेवा र सेवाकर्मीहरूलाई धन्यवाद दिन आह्वान गरेका छन् ।

राजधानी कीभमा रातारात प्रहार गरिएका “एउटै पनि क्षेप्यास्त्र लक्ष्यमा पुग्न सकेन” सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले आइतवार भने।

“हाम्रो वायु प्रतिरक्षाले बाहिरी इलाकामा शहर तर्फ जाने सबै चीजलाई प्रहार गरेको र कीभका बासिन्दाहरूले विस्फोटको आवाज नसुनेको,” पोप्कोले भने।

यसको साथै क्राइमियाको झान्कोई शहरमा रातभर पाँच मानवरहित युद्धयान (ड्रोन)हरू खसालेको एक रुसी-स्थापित अधिकारीले आइतवार एक विज्ञप्तिमा भने।

साथै राष्ट्रपति जेलेन्सकीले युक्रेन प्रतिआक्रामक सुरु गर्न तयार रहेको वाल स्ट्रीट जर्नलका पत्रकारलाई दिएको एक अन्तर्वार्तामा भने ।

प्रतिक्रिया