फ्लोरिडामा पसलमा चोर्ने एक महिलाले आफ्नो गाडीमा आगो लागे पछि २ बालबालिकालाई गाडीमा छोडेकोले पक्राउ

इनेप्लिज २०८० जेठ २० गते २१:५३ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको एक पसलमा चोर्ने एक महिलाले आफ्नो गाडीमा आगो लागे पछि २ बालबालिकालाई गाडीमा छोडेकोले पक्राउ गरिएको छ । प्रहरीका अनुसार बच्चाहरूलाई प्रथम श्रेणी जलेको अवस्थामा अस्पताल लगिएको छ ।

सिएनएनका अनुसार एक २४ वर्षीया फ्लोरिडा महिलाले एक बिशाल बजार (मल)मा पसलमा चोरी( लिफ्टिङ )गरिरहेको बेला आगो लाग्ने गाडी (कार)मा दुई बच्चाहरूलाई छोडेपछि आपराधिक आरोपहरू सामना गरिरहेकी ओभिडो प्रहरी विभागले जनाएको छ ।

गिरफ्तार गरिएकी एलिसिया मूरलाई बाल दुर्व्यवहार र आगजनीको आरोप लगाइएको छ । मूरले आफ्नो कार (गाडी) ओभिएडोको डिलीयार्ड नामक बिशाल बजार (मल)को सवारी साधन अड्डा (पार्किङ)मा गाडीमा बच्चाहरूलाई उनको गाडी भित्रे छोडेकी थिइन् ।

त्यसपछि मुरलाई अर्को पुरुषसँग डिलार्ड विशालबजार भित्र अवलोकन गरिएको थियो। दुवैलाई सुरक्षाकर्मीले एक घण्टासम्म निगरानीमा राखेको प्रहरीले जनाएको छ ।

मूर त्यसपछि लगभग एक घण्टा पछि बाहिर निस्केकी थिइन् । गाडीमा आगो लागेको देखेका मानिसहरूले बच्चाहरूलाई त्यहाँबाट भाग्न मद्दत गरेको अधिकारीहरूले भने।

प्रहरीका अनुसार ती बालबालिकालाई उपचारका लागि अर्नोल्ड पाल्मर बाल अस्पतालमा लगिएको थियो । घटनामा गाडीको पूरै क्षती भएको प्रहरीले जनाएको छ । मूरलाई हिरासतमा राखे पछि बाल बेवास्ता र आगजनी मुद्दा थपिएको छ । उनले बच्चालाई बेवास्ता गरेको आरोपको लागि १५,००० डलरको धरौटीको माँग गरिएको छ ।

प्रतिक्रिया