सगरमाथामा एक शेर्पाले मलेसियाका पर्वतारोहीलाई आफ्नो ज्यान बाजी राख्दै ज्यान बचाएका छन। अक्सिजनको कमि भएको सगरमाथाको मृत्यु क्षेत्रमा आरोहीलाई बचाउने गेल्जे शेर्पाले सिएनएनलाई मेरो जीवनको सबैभन्दा कठिन उद्धार थियो भन्दै वर्णन गरे ।
गेल्जे शेर्पा विश्वको अग्लो सगरमाथाको चुचुरोमा जाँदै गर्दा उनले आरोहीलाई डोरीमा टाँसिएको देखे । तिनीहरू दुवै “मृत्यु क्षेत्र” मा थिए, सगरमाथा (माउन्ट एभरेस्ट)को शिखर नजिकको एक क्षेत्र जहाँ तापक्रम अत्यन्त कम हुन्छ । जहाँ केही मिनेट भन्दा बढी समयमा सास फेर्न पर्याप्त अक्सिजन समेत हुदैन ।
मलेसियाका आरोहीसँग “केही” थिएन र “मर्नै लागेका थिए ,” ३० वर्षीय नेपाली पर्वतारोहण मार्गदर्शक (गाइड) गेल्जे शेर्पाले गत बिहीबार सिएनएनका एन्डरसन कूपरलाई एक अन्तर्वार्तामा भने।
“कसैले उनलाई मद्दत गरेन, न साथीहरू, न अक्सिजन, न शेर्पाहरू, न कुनै मार्गदर्शक – त्यसैले यो उनको लागि एकदम खतरनाक थियो ।” उनले सिएनएनलाई बताए ।
अन्य पर्वतारोही र मार्गदर्शकहरु “सगरमाथामा मात्र केन्द्रित थिए,” उनले भने । उनको शरीर द्रुत रूपमा बिग्रँदै गएको थियो । नेपाली अधिकारीहरूका अनुसार वसन्त आरोहणको मौषम समाप्त हुदै गर्दा सगरमाथामा यस वर्ष १२ जनाको मृत्यु भइसकेको छ भने पाँच जना बेपत्ता भएका छन।
गेल्जे शेर्पा आफ्ना एक ग्राहकलाई ८,८४९ मिटर शिखरमा गाइड (मार्गदर्शन )गर्दै थिए । उनले मलेसियाली पर्वतारोहीलाई बचाउनको लागि आफ्नो यात्रा त्याग गर्ने निर्णय गर्दै उनलाई बचाउन लागेको समाचार सिएनएनले लेखेको छ ।
यो लगभग असम्भव काम थियो । गेल्जेले पर्वतारोहीलाई आफ्नो ढाडमा बोके । उनले कम्तिमा ६०० मिटर तल ल्याउनु पर्ने थियो । उक्त घटना मे १८ का दिन भएको र उद्धार व्यापक रूपमा गाह्रो भएको गेल्जे गेलजेले सिएनएनलाई भने।
शेर्पाले यसअघि ५५ भन्दा बढी उद्धार गरिसकेका छन ,तर यो मेरो जीवनको सबैभन्दा कठिन कार्य भएको बताए।
उद्धार गरिएका आरोहीको स्वास्थ्यमा सुधार आएपछि मलेसिया पठाइने नेपाल सरकारले जनाएको छ । उनको नाम भने संचार माध्यममा सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया