थुलुङ दुधकोशीमा ३ दिने प्र.अ.हरुको क्षमता अभिवृद्धि तालिम सुरु

इनेप्लिज २०८० जेठ १९ गते २१:५२ मा प्रकाशित

सोलुखुम्बु I विद्यालय व्यवस्थापन समावेशी शिक्षा तथा अपाङ्गता पहिचान सम्बन्धी ३ दिने प्र अ हरुको क्षमता अभिवृद्धि तालिम शुक्रबारबाट थुलुङ दुधकोशी गाउँपालिकामा सुरु भएको छ I

रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको सयुक्त आयोजनामा संचालित तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष असिम राईले गर्नु भयो I कार्यक्रममा बोल्दै अध्यक्ष असिम राईले विद्यालय सुधारको मुख्य जिम्मेवारी प्र अ हरुको रहेको र सकारात्मक सोंचका साथ प्र अ हरु जिम्मेवार बनेमा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुका साथै मानव मस्तिष्कको बौद्धिक क्षमता तथा प्रकारको बारे लामो व्याख्या गर्दै अध्यक्ष राईले अन कन्सेस माइन्डलाई सक्रिय बनाउन आग्रह गरे I

उहाँले विभिन्न उदारहण दिदै आफैले आफैलाई प्रश्न सोद्धै विशाल सपना देखेर अगाडी बढ्न प्र अ हरुलाई आग्रह गर्दै परिवर्तन सम्भव भएको बाताउनुका साथै अध्यक्ष राईले प्रत्येक प्र अ ले तालिम समापन पश्चात लिखित रुपमा विद्यालयमा परिवर्तन गर्न सकिने कम्तिमा पाँच ओटा वा सोभन्दा बढी कामहरु सहित प्रतिबद्धता पत्र पालिकालाई पेश गर्न निर्देशन दिए I

अबको प्रमुख प्राथमिकतामा शिक्षा रहेको भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्नु भयो कार्यक्रममा वडा नम्बर छ का वडा अध्यक्ष महेन्द्रदीप शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले शुभकामना मन्तव्य राखेका थिए I यस्तै कार्यक्रमको उद्देश्य माथि रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रकास पार्नु भएको थियो।

कार्यक्रमको सहजीकरण रामलाल धामीले गरिरहनु भएको छ I कार्यक्रममा पालिका भित्रका ४३ ओटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ रीड नेपालले योभन्दा अगाडि खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका आफुले काम गरिरहेका ८५ ओटा विद्यालयका प्र अ हरुलाई यही प्रकृतिको तालिम संचालन गरिसकेको छ I

प्रतिक्रिया