अमेरिकाको इलोनोइसमा गल्तिले एक बालकले बुवाको बन्दुक चलाउदा अर्को बालकको मृत्यु

इनेप्लिज २०८० जेठ १९ गते १:०९ मा प्रकाशित

अमेरिकाको इलोनोइसमा गल्तिले एक बालकले बुवाको बन्दुक चलाउदा अर्को बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुबाले बन्दुक एउटा कोठाको अग्लो दराज माथि राखिएको दाबी गरेको जनाएका छन् ।

इलिनोइसको रिभर ग्रोभमा उक्त गत बुधबार भएको प्रहरीले बताएका छन । घटनामा प्रयोग भएको बन्दुक मृतक बालकका बाबुको रहेको प्रहरीले जनाएको छ ।

रिभर ग्रोभ प्रहरीका अनुसार बच्चा गम्भीर घाइते भएको र पछि उनको मृत्यु भएको थियो। प्रहरीका अनुसार दुवै छोराछोरी एउटै घरमा बस्थे । हत्या गरिएका बालकका बुबाले आकस्मिक गोली चलेको खबर पाएपछि आफू बाहिर रहेको प्रहरीलाई बताए ।

बुबाले तुरुन्तै आपतकालीन सेवाहरूको लागि ९११ मा खबर गरेका थिए । र ,अनुसन्धानकर्ताहरूलाई उनले सहयोग गर्दै आई रहेको प्रहरीले भने। उनीसँग वैध इलिनोइस बन्दुक इजाजतपत्र र लुकाएर बोक्न अनुमति भएको बन्दुकको अनुमति समेत छ।

घटनाबारे थप अनुसन्धान भईरहेको र संलग्नहरुमाथि प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीले अहिले थप जानकारी नदिने बताएको छ ।

प्रतिक्रिया