कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन

वीरेन्द्र रावल २०८० जेठ १८ गते २२:२० मा प्रकाशित

वीरेन्द्र रावल

धनगढी ,जेठ १८÷ सुदूरका जनतालाई राज्यले सदियौं देखि हेपाहा प्रवृति देखाएको विरोधमा कैलाली लगायत सुदूरपीश्चमका विभिन्न जिल्लाहरुमा सरकारको व्यापक विरोध र आलोचना हुन थालेको छ ।

यसैक्रममा सरकारको सुदूरपश्चिमलाई हेर्ने दृष्टीकोण र विभेदकारी नीतिका कारण यस क्षेत्रको विकास निर्माणले गति लिन नसकेको भन्दै सरकारले गरेको उपेक्षाका विरुद्धमा नेकपा उमाले कैलालीले म बुधबारबाट विरोधका कार्यक्रमहरु अगाडी सारेको छ ।

सुदूरपश्चिमको भाग्य रभविश्य संग जोडिएको गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसका विरुद्ध नेकपा एमालेले विहीबार गेटामा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला समेत दहन गरेको छ ।

सुदूरपश्चिमका जनताका छोरा छोरीले आफ्नै आँगनमा विश्व विद्यालय बनेपछि कम खर्चमा पढाई गर्न पाउन सक्ने प्रवल सम्भावना हुँदा हुँदै जनताको चाहना विपरित सरकारले कार्य गरेको ठहर नेकपा एमाले कैलालीको बैठकले गरेको छ ।

जनताका छोरा छोरीले गाउँमै बसेर प्राविधिक शिक्षा आर्जन गर्न सक्ने प्रशस्तै सम्भावना हुँदा हुँदैपनि नेपाल सरकारले सुदूरका जनताका माग प्रति खासै चासो नदेखाउँदा गेटा विश्व विद्यालयको अभिश्य समेत संकटमा पर्दै जान थालेको छ ।

सरकारले जव सम्म सुदूरपश्चिमलाई हेर्ने दृष्टि कोणलाई बदल्न सक्दैन तवसम्म आन्दोलन जारीनै राखिने कुरा नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोशीले बताउनु भएको छ ।

कार्यबाहक अध्यक्ष जोशीले जनताको जनजीविकाको पक्षमा सबै तह र तप्काका जनताको सहभागिता रहीनै रहने बताएका छन् ।

सरकारले यथासिघ्र समस्याको समाधान ननिकालेको खण्डमा अँझ थप आन्दोलनका कार्यक्रमहरु विस्तार गरिने पनि कार्यबाहक अध्यक्ष जोशीले बताएका छन् ।

एमाले कैलालीमा बसेको पार्टीको बैठकले सुदूरपश्चिमका जनताको भाग्य र भविश्यमाथी खेलवाड गर्ने, सुदूरपश्चिमको विकास प्रति सरकार विभेदकारी देखिएको भन्दै सो निर्णय तत्काल नसच्चिइको खण्डमा त्यसका विरुद्ध कडा भन्दा कमडा आन्दोलन थालिने एमाले कैलालीले निष्कर्ष निकालेको थियो ।

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशीको अध्यक्षतामा सप्पन्न बैठकले समसामयिक विषयमा छलफल गरेको थियो ।

बैठकमा गेटा स्थिता दशरथ चन्द राष्ट्रिय विश्वविद्यालयमाथी सरकारले गरेको उपेक्षा र वर्तमान सरकारले नागरिकता विद्ययक प्रमाणीकरण गरेको लगायतका रास्ट्रघाती कार्यका विरुद्धमा आगामी दिनमा थप संघर्षका कार्यक्रमलाई विस्तार गरिने पनि अध्यक्ष जोशीले बताएका छन् ।

नारा जुलुश सहित बजार परिक्रममा पश्चात जुलुश अत्तरिया चौकमा पुगेर कोण सभा सम्पन्न भएको हो । कोण सभामा बोल्दै नेकपा एमाले जिल्ला कमिटी कैलालीका सदस्य परमानन्द भट्ले म्बोधन गर्दै लाई सुदूरपश्चिम प्रदेश कमिटीले पनि निर्णय तत्काल नसच्याएको खण्डमा आन्दोलनको आँधी वेहेरी ल्याउने चेतावनी दिएका छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले पनि कैलालीको सुखडमा व्यापक विरोध प्रदर्शन गरेको कुरा युवा संघका कैलाली सदस्य कृष्ण थापाले जानकारी दिएका छन् ।

यसैगरी सोही बिषयलाई लिएर अत्तरियामा रास्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरिएको छ ।

राप्रपा निकट युबाहरुले अत्तरिया चोकमा केहि बेर अघि पुत्ला दहन गरेका हुन ।उनिहरुले रास्ट्रपतिका पछिल्ला कदम रास्ट्र हित बिपरित भएकाले बिरोध गर्नु परेको बताए ।

नागरिकता विधेक, रेशम चौधरीको रिहाई , भुटानी शरणार्थी प्रकरणका सरकारको उनिहरुले चर्को आलोचना गरेका छन् ।

आन्दोलनमा अगुवाई गरिरहेका युबा दुर्गा पोखरेलले रास्ट्रपति देशको अभिभावक बन्नुपर्नेमा जनता विरुद्धका कार्य गरिरहेकाले बिरोध गर्नु परेको बताए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया