विराटनगर,१८ जेठ । सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहा देखी विराटनगर–१८ स्थित वुधनगरसम्म कार्गो रेलसेवा आजदेखि सञ्चालनमा आएको छ ।
विभिन्न ध्वजापाताले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणमा क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपले नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेपछि वथनाहावाट छुटेको रेल आठ किलोमिटर दुरीमा रहेको विराटनगर वुधनगरस्थित नेपाल कस्टम यार्डमा आइपुगेको हो ।
वथानाहा देखी विराटनगर वुधनगरस्थित एकिकृत भन्सार जाँचचौकी स्थित कस्टम यार्ड रेलमार्गमा कार्गो रेलसेवा सुचारु भएको हो ।
कार्गो रेल विराटनगर आएपछि उद्योगपति, व्यापारी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।
यसअघि भारतको वथनाहासम्म उद्योगका कच्चापर्दाथ रेलमार्फत आउने गरेको र त्यहाँबाट मालवाहक सवारी साधन मार्फत उद्योगमा ल्याइने गरिएको थियो ।
कार्गो रेल सेवा सुचारुले भारत लगायत तेश्रो मुलुकवाट आएका कच्चापदार्थ अव सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीहरुलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने गरेको छ।
मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले उद्यमी व्यापारीहरुको वर्षेदेखिको चाहना पुरा भएको खुशी व्यक्त्त गर्दै आगामी दिनका कच्चा पदार्थको ढुवानी भाडामा भई उपभोक्ता समेतलाई राहत पुग्ने धारणा राख्नु भयो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेस सुरानाले कार्गो रेल सेवा सञ्चालनले प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नु भयो ।
कार्गो रेल सेवा सरह आगामी दिनमा राज्यले यात्रुवाहक सेवा पनि सुचारु गर्नु पर्नेमा स्थानीयको भनाइ रहेको छ।
उक्त आयोजनाको निर्माण लागत भारतीय रु तीन अर्व ७३ करोड रहेको छ ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेल निर्माण भएको हो ।
भारतको बथनाहादेखि मोरङको कटहरी गाँउपालिकाको महेसपुरमासम्म १८ किलोमिटर रेल सञ्चालनका लागि १२ वर्ष अगाडि सम्झौता भई काम शुरु भएपनि जग्गा मुआव्जाको विषयमा विवादले बाँकी खण्डमा काम रोकिएको छ ।
अहिले आठ किलोमिटर मात्र रेलमार्गमा सेवा संञ्चालनमा आएको छ ।
प्रतिक्रिया