एक पटकको नेपाली सदैव नेपाली भन्ने नारा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग खुलेकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।
नेपालको संविधान २०७२ को धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रले सार्थकता पाएको छ । आगामी दिनमा बन्ने नियमावलीमा समेत गैर आवासिय नेपाली नागरिकताको प्राप्ती, नेपालमा रहेको सम्पत्ति सम्बन्धी सहज प्रावधान समावेश गराउनका लागि अझ पहल गर्नु पर्ने देखिन्छ ।
गैर आवासिय नेपालीका बाँकी माग सम्बोधन गर्दै नेपालको बिकासमा सहयात्रि बन्न आगामी दिनमा सम्पूर्ण गैर आवासिय नेपालीहरु एउटै छातामुनी गोलबन्द भएर लाग्न समेत सबैमा हार्दिक अनुरोध गर्दछु ।
बुद्धि सागर सुवेदी
अध्यक्ष
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका
मे ३१, २०२३
प्रतिक्रिया