विराटनगर,१७ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्वुले आज यहाँ आफ्नो पदवाट राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिनु भएको छ ।
जनता समाजवादी पार्टी, नेपाल प्रदेश समितिद्वारा आज साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मुख्यमन्त्री कार्यालयमा राजीनामा एवं सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको जानकारी गराउनु भयो ।
मन्त्री लिम्बु राजीनामा पत्रमा विसं २०७९ पुस २५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा वनेको गठबन्धन सरकारको स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रही सदन र सरकारमा पटक पटक प्रदेशको नामकरण पहिचानको आधारमा नामाङकन हुनुपर्ने माग गर्दै आएको उल्लेख गर्नु भएको छ ।
मन्त्री लिम्बुले पहिचानवादीको माग प्रति सरकारलाई गम्भिर भई वार्ता सम्वाद मार्फत समस्याको समाधान गर्न प्रस्ताव राख्दा समेत बेवास्ता भएको हुंदा नैतिकताको आधारमा आजको मितिबाट प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै स्वास्थ्यमन्त्री पदवाट राजीनामा दिएको पत्रमा उल्खेल गर्नु भएको छ।
पत्रकार सम्मेलनमा उहाँले आगामी दिनमा प्रदेशको नामाकरण विरुद्धमा हुने पहिचनबादीको आन्दोलनमा प्रत्यक्ष रुपमा सहभागी हुने बताउनु भयो ।
पार्टीका प्रदेश अध्यक्ष दिपक याक्ख्याले पहिचान सहितको सङ्घीयता हुनु माग सम्वोधन नभएकोले मन्त्री लिम्वुले पार्टीको निर्देशन अनुसार समर्थन फिर्ता एवं राजीनामा दिनु भएको जानकारी दिनु भयो ।
प्रतिक्रिया